तनहुँ । तनहुँको दमौलीका बालबालिकाहरुको प्रतिभामूलक प्रतियोगिता जेसिआई व्यास नगर साइनिङ स्टार उपाधि सहारा श्रेष्ठले जितेकी छिन । प्रतिस्पर्धाका २४ प्रतिस्पर्धीलाई उछिन्दै आदर्श बिद्या गृहमा कक्षा ६ मा अध्ययनरत सहाराले व्यास नगर साईनिङ स्टार २०१९ को उपाधी हात पारेकी हुन् ।
प्रतियोगी नम्बर १३ को रुपमा प्रतिस्पर्धामा उत्रिएकी उनलाई व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले २५ हजार नगद सहित पुरस्कार प्रदान गरे । प्रतिस्पर्धामा फष्टरनर अफको उपाधी प्रतिस्पर्धी नं. १४ कि कविता थापा र सेकेण्ड रनर अपको उपाधी प्रतिस्पर्धी नं. २४ का गौरव सापकोटाले हात पारे। उनीहरूले क्रमश नगद १५ हजार र १० हजार सहित प्रमाणपत्र पुरस्कृत भए । थापा जलदेवी माध्यमिक विद्यालय र सापकोटा सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।
त्यसैगरी विभिन्न विधाहरु तर्फ ब्रेष्ट स्माइल कविता थापा, पर्सानालिटी अवार्ड प्राप्ति न्यौपाने, ब्रेष्ट ¥यामवाक बिपिन श्रेष्ठ, ट्यालेण्ट गौरव सापकोटा, ब्रेष्ट ड्रेस अवार्ड साहारा श्रेष्ठ, डिसिपिलिन अवार्ड रोनिषा राना, प्रोजेक्ट वर्क अवार्ड नबिना थापा, भ्युअर च्वाईस अवार्ड अंकिता थापा, ब्रेष्ट कन्टिभ्युसन अंकिता दुरा र फोटो जेनिक अवार्डबाट रबिना तामाङ छनोट भए ।
मध्यबिन्दु पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ, गायक हेमन्त शर्मा, काठमाण्डौ जेसिजका अध्यक्ष भुवनकुमार श्रेष्ठ, मिस टिन २०१७ की बिजेता सान्जा मोक्तान र कोरियोग्राफर रुपेशराज रानाले प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा सम्बोधन गर्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले व्यास नगर साईनिङ स्टारको माध्यमबाट व्यास नगरपालिकाका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थी भित्रको प्रतिभा प्रस्फुटन गर्ने अबसर मिलेको बताए । उनले प्रतिस्पर्धीहरूबाट व्यक्त विषयबस्तुबाट आफूलाई समेत सिकाईको अबसर मिलेको बताए ।
जिल्लाका विभिन्न विद्यालयबाट सहभागी बिद्यार्थीहरूबाट २५ विद्यार्थी छनोट गरि प्रतिस्पर्धाका लागि प्रशिक्षण गराईएको व्यास नगर जेसिजका अध्यक्ष रमेश गिरीले बताए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’