सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिका १ स्थित हेलु बयरघारी सडकखण्डमा सोमबार दिउँसो ४ बजेतिर भएको स्कुटर दुर्घटनामा घाइते दुर्इ मध्ये एक जनाको पोखरा लैजाने क्रममा मृत्यु भएको छ ।
वालिङबाट राङ्गखोला तर्फ गइरहेको ग १६ प ९१२४ नम्बरको स्कुटर चालक राजेश क्षेत्रीको पोखरामा उपचार भइरहेको छ भने गम्भिर घाइते भएका पछाडि बस्ने स्कुटर धनी पोसीन्दर क्षेत्री (कपिल) लाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । हेलुस्थित कालिका सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि दुवै घाइते लाई पोखरा पठाइएको थियो ।
मृतक भारतीय सेनामा कार्यरत रहेको बुझिएको छ । उनीहरु वालिङ स्थित एसबिआइ बैंकमा गएर एटिएमबाट पैसा झिकेर फर्कदै गर्दा भिरकोट १ लामाचौर नजिकै मोडमा स्कुटर अनियन्त्रित भएर दुर्घटनामा परेको स्थानीयले बताए । उनिहरूको साथमा रहेको नगद १ लाख ४३ हजार रुपैयाँ प्रहरीले स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा आफन्तलाई बुझाएको जनाइएको छ ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
बागलुङमा आगलागीबाट ४ घरगोठ जलेर नष्ट
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला हुने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग