तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ जामुने स्थित इट्टा भट्टाको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णबहादुर शाहीका छोराहरू ७ वर्षिय सुन्दर शाही र ४ बर्षिय किस्मत शाही रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
दुबै बालकहरु जामुनेको राधा माविको एलकेजि र नर्सरिमा अध्ययनरत थिए । जामुनेस्थित माछापुच्छ्रे इँट्टाभट्टाको पोखरीमा डुबेर मंगलबार दिउँसो दुई बालकको मृत्यु भएको हो । डिएसपी लामिछानेका अनुसार विद्यालयबाट घर फर्किदा दिउँसो पौने २ बजेको समयमा पौडी खेल्ने क्रममा बालकहरु डुब्न पुगेका थिए ।
यस घटनाका विषयमा थप अनुसन्धान भईरहेको समेत डिएसपी लामिछानेले बताए । इटा भट्टा सञ्चालकले खुला रुपमा पोखरी निर्माण गर्ने तर त्यसमा तारबार नगर्दा यस्ता दुर्घटना हुने गरेका छन् ।
इटाभट्टाहरु बालबालिकाहरुका लागि जोखिमपूर्ण बन्दै गएका छन् । हरेक बर्ष ५ देखि ६ जनासम्म बालबालिकाहरुको ज्यान लिदै आएको इटाभट्टामा इटा पार्न बनाइएका कृत्रिम पोखरीहरुमा सुधार नगरिए यस्ता नियति बारम्बार दोहोरिने पछिल्लो घटनाले पनि प्रष्ट पारेको छ । प्रत्येक इट्टा भट्टामा इट्टा बनाउन माटो मुछ्न पानी जम्मा गर्न पोखरी तथा खाल्डो बनाउने गरिन्छ ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो