किरण श्रेष्ठ, तनहुँ । मुस्लिम समुदायका महिला तथा किशोरीहरुलाई तीन महिने सिलाई तथा कटाई सम्बन्धि आधारभुत तालिम मंगलबार देखि शुरु भएको छ । निल कुमारी मियाँ फाउन्डेसनको आयोजना तथा नुर मुस्लिम महिला समुहको सहयोगमा मंगलबार देखि दमौलीमा उक्त तालिम सुरु भएको हो ।
मुस्लिम समुदायका महिला तथा किशोरीहरुलाई क्षमता विकास र आत्मनिर्भर बनाउनको लागी तालिम दिन लागेको संस्थाकी अध्यक्ष रुबिना खान बताइन । मंगलबार एक कार्यक्रमका बिच तालिमको प्रतिनिधि सभाकी सांसद कलिला खानले उदघाटन गरेकी थिइन ।
सो अवसरमा मुस्लिम महिला समेत सिप सिलेर स्वरोजगार बनेर आत्मनिर्भर बन्नुपर्ने बताइन । ‘घर भित्रका चुला चौकामा मात्रै महिला सिमित हुनुहुदैन अब आफुले नै सिप सिकेर केहि गरेर समाजमा योगदान पुर्याउनुपर्छ’, सांसद खानले भनिन,’मुस्लिम समुदायका महिलाहरुमा पनि चेतना बढ्दो छ ।’

उनले सो अवसरमा मुस्लिम समुदायका महिला तथा किशोरीलाई यो संस्थाले सिलाई कटाई तालिम दिएर उनिहरुलाई आत्म निर्भर बनाउन लागेकोमा खुसि व्यक्त गरिन ।
मंगलबार देखी शुरु भएको तालिममा १२ जना मुस्लिम महिला तथा किशोरीले तालिम लिनेछन् । एकजना ट्रेनरले उक्त तालिम गराउने आयोजकले जनाएको छ । एक सहभागी महिलाले भनिन,’हाम्रो समुदायमा अवसर नै पाइदैन, अब अहिले आएको यो अवसरको पुर्ण सदुपयोग गर्नेछु ।’
सिप मुलुक तालिमबाट हामी लाभ लिई ब्यवसाय गर्ने सोच बनाएको तालिममा सहभागीहरु बताउछन ।
उक्त आयोजक संस्थाले यस अघि लोपोन्मुख परम्परागत सीप कार्यक्रम गरेको थियो । लोपोन्मुख परम्परागत सीप बारे अन्तरक्रिया तथा आगामी कस्ता कस्ता सम्भावित सीप मुलक तालिम संचालन गर्न सकिने छ भन्ने बारे छलफल समेत संस्थाले गरेको संस्थाकी अध्यक्ष रुबिना खानले जानकारी दिईन ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा