तनहुँ । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिलदेव भट्ट पुनः पक्राउ परेका छन् ।
तनहुँ कारागारबाट धरौटीमा रिहा भएलगतै मंगलबार उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको थियो । जिल्ला प्रशासन कार्यालय तनहुँले जनही २ हजार धरौटी रकम बुझाउन आदेश गरेपनि उनीहरुले इन्कार गरेपछि पुर्पक्षका लाग कारागार पठाइएको प्रहरीले जनाएको छ ।
मंगलबार तोकिएको धरौटी रकम बुझाएर छुटे लगतै तनहुँको प्रशासन कार्यालय परिसरबाटै उनीहरुलाई पुन पक्राउ गरिएको हो ।
‘गोरखामा बम बिष्फोट सम्बन्धि मुद्धा दर्ता भएकाले थप अनुसन्धानका लागि भन्दै पक्राउ पुर्जी आएको थियो,’ जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी बिनोद सिलवालले भने, ‘त्यही आधारमा हामीले पक्राउ गरेर गोरखा प्रहरीलाई बुझाएका हौं ।’
मंगलबार पक्राउ परेका कुमाल र भट्टलार्इ सोही दिन जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको छ । उनीहरुविरुद्ध बिष्फोटक पदार्थ सम्बन्धि मुद्धा दर्ता हुने जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी महेन्द्र नेपालले बताए ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’