पोखरा । कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने बिषयमा नेपाली काँग्रेसले विरोध गरेको छ । हाल याङजाकोट स्थित साविक थुमाकोडाँडा गाविसको कार्यालयमा केन्द्र राखिएको छ भने गाउँपालिकाले अहिले नजिकै रहेको देउरालीमा केन्द्र बनाउने तयारी गरेको छ ।
निर्वाचित जनप्रतिनिधि र मादी काँग्रेसको संयुक्त बैठक बसेर अहिलेको ठाउँबाट केन्द्र नसार्न चेतावनी दिएको हो । ‘अहिलेकै ठाउँमा सबै संरचना बनिसकेको छ । धेरै खर्च भैसक्यो,’ काँग्रेस मादीका संयोजक देवीजङ्ग गुरुङले भने, ‘सार्ने नै हो भने सबैलाई पायक पर्ने ठाउँमा सारियोस् । अहिले सार्न लागेको ठाउँ हामीलाई मान्य छैन ।’ आफुहरुसँग समन्वय नै नगरी एकलौटी रुपमा केन्द्र सार्ने निर्णय गरेको काँग्रेसको आरोप छ । बैठकले १२ वटै वडाहरुलाई पायक पर्ने स्थान मादी करिडोरमा केन्द्र राख्नुपर्ने माग गरेको छ ।
यसैबीच, गाउँसभामा काँग्रेसका प्रतिनिधिले राखेको संशोधन प्रश्तावमाथी छलफल नगरी एकलौटी रुपमा निर्णय गरिएको भन्दै काँग्रेसले त्यसको पनि विरोध गरेको छ । ‘सहमति, सहकार्य र एकतालाई लत्याएर जबरजस्ती निर्णय गरिएका छन् । हामीले सच्याउन पटक पटक आग्रह गरेका छौं,’ मादी गाउँपालिका ८ का वडाध्यक्ष याम गुरुङले भने, ‘सच्याईएन भने यही असार २० गतेको गाउँसभा बहिष्कार गरिन्छ ।’
२० गते गाउँसभा र २१ गते बजेट तथा कार्यक्रमको घोषणा सभा डाएिको छ । अघिल्लो वर्षका महत्वपूर्ण निर्णयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता नआए २१ गते प्रमुख अतिथिलाई नै कालो झण्डा देखाएर विरोध जनाउने तथा गाउँपालिकाभरी भण्डाफोर अभियान सञ्चालन गर्ने मादी काँग्रेसका सचिव भानु ढकालले चेतावनी दिए । बुधबार विज्ञप्ती नै जारी गरी विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।
पाँचौ नगरसभामा गाउँपालिका अध्यक्षले प्रश्तुत गरेको नीति तथा कार्यक्रम एकलौटी र पूर्वाग्रही भएको वडा सदस्य सरोज केसीले बताए । मादिका १२ वटै वडाहरुमा वरावर योजना तयार नगरिएको, वडाको योजना वडाध्यक्ष मार्फत नभै गाउँपालिका अध्यक्षले चयन गरेको, अनुदान एवं अध्यक्ष उपाध्यक्ष संग जोडिएको वितरणमुखी वजेटको अनुगमन कार्यविधी तयार नगरिएको, हाईड्रोसंग लिनुपर्ने रकम असुली नभएको, दोहोरो तलव भत्ता तथा सुविधा लिएको, सवारी साधन फजुल खर्च वढेको, घरभाडा एवं प्रयोग विहिन सुविधा लिएको लगाएतका आरोप काँग्रेसले लगाएको छ ।
विरोधका लागि मात्रै विरोध, विरोध केका लागि हो भन्ने नै स्पष्ट छैन: अध्यक्ष गुरुङ
गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) ले विरोधका लागि मात्रै विरोध गरेको प्रतिक्रिया दिए । ‘आवश्यक ठाउँमा (बैठकमा) स्पष्टीकरण दिउँला । पटक पटक बोलाएर छलफल गरेको हो । वहाँहरुको विरोध केका लागि हो भन्ने नै स्पष्ट छैन,’ उनले भने, ‘बजेट र नीति तथा कार्यक्रममा कुनै विभेद गरेको छैन । बजेट पनि वहाँहरुकै सल्लाहले बाँडेको हो । समितिमा वहाँहरु नै हुनुहुन्छ ।’ गाउँपालिकाको केन्द्र बनाउन देउरालीमा आवश्यक जग्गा उपलब्ध भएका कारण सबैको सहमतिले कार्यालय सार्न लागेको उनको दावी छ ।
-डिएनए नेपालबाट।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ