पोखरा । पोखराको शान्तिघाट स्थित सेतीनदी किनारमा वातावरण मैत्री शवदाह गृह निमार्ण भएको छ । शवदाह गृहको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार उद्घाटन गरे ।
एभरेष्ट बैंक लिमिटेडको सहयोगमा बनेको आधुनिक शवदाह गृहमा एउटा शव जलाउन एक सय केजी दाउरा र एक घण्टा २० मिनेट मात्र लाग्ने बैंकका निर्देशक डा. बालगोपाल बैद्यले जानकारी दिए । उनले बैंकको सामाजिक उत्तरदाइत्व अन्तरगत पोखरामा निर्माण गरेको र अन्य ठाउँमा पनि शवदाह गृह निमार्ण गर्ने बताए ।
करिब ६० लाख रुपैयाँ लागतमा निर्माण भएको शवदाह गृहको व्यवस्थापन पोखरा महानगरपालिकाले गर्ने छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शवदाह गृहको व्यवस्थित सञ्चालनका लागि कार्यविधि तय गरिने बताए ।
उनले बातावरण संरक्षणका साथै वन पैदावारको जर्गेनामा पनि सहयोग पु¥याउने बताए । असार महिना भर शवदाह गृहमा जलाउन लाग्ने खर्च पोखरा महानगरपालिकाले व्यहोर्ने उनको भनाई छ । पोखरामा व्यवस्थित शवदाह गृह नहुँदा शव जलाउन कठिनाइ हुँदै आएको थियो ।
शवदाह गृहमा जलाउदा परम्परागतभन्दा थोरै दाउरामा जालउन सकिने छ । उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले वातावरणको सुन्दरतालाई क्षयीकरण हुन नदिन सबैको सचेतना अपरिहार्य भएको बताए । वातावरण मैत्री शवदाह गृह निर्माणसंगै यहाँको वातावरणीय स्वच्छतामा महत्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो