नेपाल सरकारले मुलुकबाटै तुइन विस्थापन गर्ने नीति लिएको छ । कास्कीमा भने एउटा तुइन बाँकी नै थियो । व्यक्तिगत प्रयोजनका लागि बनाइएको भएपनि त्यहाँ बालबालिका लगायत पनि वारपार गर्ने भएपछि फेसबुकमा फैलियो ।
पोखरा महानगरपालिकाको वडा १७ र २१ बीचको फुस्रे खोलामाथि गण्डकी फर्मले चलाउँदै आएको तुइन अन्ततः शुक्रबार हटाइएको छ । समाचार समाधान न्यूजले प्रकाशित गरेको छ । बंगुरका दाना लगायतका सामाग्री ढुवानीका लागि भनिए पनि तुइनबाट विद्यालयका विद्यार्थी जोखिमपूर्ण तवरबाट ओहोरदोहोर गरेको पाइएपछि तुइन हटाउन बिहीबार प्रशासनले निर्देशन दिएको थियो ।
मंगलबार तुइनबाट जोखिमपूर्ण रुपमा विद्यार्थी आवतजावत गरेको तस्बिर सार्वजनिक भएसँगै यस सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण भएको थियो । नेपाल प्रहरीको टोलीले शुक्रबार तुइनमा प्रयोग हुने बाकस झिकेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक कोमल शाहका अनुसार झिकिएको तुइन बाकस प्रहरीको नियन्त्रणमा छ । तुइन भएको स्थानबाट चालु अवस्थाकै मोटरेवल स्टिल ब्रिजको दुरी १० मिनेटमा पर्छ । तर, फर्मले कृषि प्रयोजनका सामग्री ढुवानी गर्न सहज हुने भन्दै तुइन प्रयोग गर्दै आएको थियो । त्यसै तुइनमा स्कुले विद्यार्थी पनि वारपार गर्ने गर्थे । त्यहीँ मेसोमा सञ्चारमाध्यममा मंगलबार स्कुले ३ विद्यार्थी तुइनबाट तर्दै गरेको तस्बिर सार्वजनिक भएको थियो ।

तस्बिरः सुरेश सुनार / हरि बास्तोला
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन