राजन उपाध्याय तनहुँ, १४ मंसिर / शुक्लागण्डकी–४ दुलेगौडाकी अञ्जिता गुरुङले नेपाल प्रहरी र नेपाली सेनामा एक एक पटक आवेदन दिइन् । छनोटका विभिन्न चरण पूरा गरेकी २२ वर्षीया अञ्जिताले अन्तिममा लिखित परीक्षा उत्र्तीर्ण हुन सकिनन् ।
सुरक्षा निकायमा जागिर खाएर देशको सेवा गर्ने इच्छा दुबै पटक पूरा हुन सकेन् । सोही चाहनालाई पूरा गर्न उनले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागिे म्यादीमा आवेदन दिइन् । स्थानीय तहको निर्वाचनमा पनि छनोट भई अनुभव संगालेकी उनले भनिन ‘खेर गएको समयलाई सदुपयोग र देशको सेवाका लागि फेरि आए ।’ उनी हाल इलाका प्रहरी कार्यालय बेलचौतारामा म्यादी प्रहरीको रुपमा कार्यरत छन् ।
यसपटकको निर्वाचनमा अञ्जिता मात्र आइनन् उनले दिदीहरु सपना गुरुङ र मुनिमाया गुरुङलाई पनि खबर गरिन् । दुबै दिदीहरु म्यादीमा उत्र्तीर्ण भएपछि उनीहरु अहिले एकै ठाउँमा कार्यरत छन् । दुबै दिदीहरुको विवाह भइसकेको छ । तीनैजना एकै ठाउँमा काम गर्न पाउँदा घरमै भए जस्तो लाग्ने गरेको अञ्जिताकी जेठी दिदी सपनाले सुनाइन् । पहिलो पटक म्यादीमा आएकी उनले भनिन ‘शुरुमा प्रहरीको अनुशासनमा रहन अलि अप्ठ्यारो महसुस हुँदोरहेछ, पछि विस्तारै बानी पर्दै गयो, अहिले सहज भएको छ ।’
इलाका प्रहरी कार्यालय बेलचौतारामा कुल २७ जना महिला कार्यरत छन् । ती मध्ये शुक्लागण्डकी–४ दुलेगौडाका तीन दिदीबहिनी म्यादीमा रहेर प्रहरीलाई सहयोग गरिरहेका छन् । कान्छी बहिनी सपना गुरुङको प्रहरी र सेनामा जाने सपना पूरा नभएपछि म्यादीको अनुभव लिँदैछन् । अनुभव पनि हुने र कमाइ पनि हुने भएकाले आफूहरू आकर्षित भएको उनीहरुको भनाइ छ । म्यादीको अनुभवले सेना प्रहरीमा जागिर खान सजिलो हुने धेरैको बुझाइ छ ।
इलाका प्रहरी कार्यालय, बेलचौताराका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले महिलाहरु बढी अनुशाशित हुने बताए । भर्ना पश्चात १२ दिनको तालिम लिएर उनीहरुलाई कार्यस्थलमा खटाइने गरिएको छ । ‘म्यादीको काम, कर्तव्य, जिम्मेवारी, लाठी चलाउने, सलाम ठोक्ने लगायतका आधारभूत विषयको प्रशिक्षण दिइएको छ ’अधिकारीले भने ।
त्यसपछि निर्वाचन अघिसम्म पैदल गस्ती, गाडी मोबाइल, पिकेट (स्थायी रुपमा हेर्ने ठाउँ ), चेकिङ मा प्रहरीलाई सहयोग गर्ने उनले जानकारी दिए । प्रहरी निरीक्षक अधिकारीले करिब दुई महिनाको अवधिमा म्यादीले ‘सामूहिक जिम्मेवारी’ सिक्ने बताए ।
गृह मन्त्रालयले निर्वाचनमा सुरक्षाका लागि देशभर म्यादी प्रहरी भर्ना गरेको छ । तनहुँमा १ हजार ८४ जना म्यादी छन् । यस मध्ये २ सय १६ महिला छन् । कात्तिक १२ गते भर्ना गरिएको उनीहरुको समय ५५ दिनको छ । सरकारले विगतमा पनि म्यादी प्रहरीलाई ‘भविष्यका लागि उपयोगी’ प्रमाणपत्र दिँदै आएको छ ।
उनीहरू सबैको अभिलेख राखिने गरिएको छ । म्यादी प्रहरीले तालिम लिएपछि नेपाल प्रहरीको जवानसरह तलब, पोसाक र रासन पाउनेछन् ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?