पोखरा, १५ मंसिर । बेलैमा सडक मर्मत नहुँदा पोखराको जिरो किमिका स्थानिय मारमा परेका छन् । बाग्लुङबसपार्कबाट जिरो सम्म चार लेनको बाटो सम्पन्न भईसक्दा पनि जिरो चोकबाट फिर्केसम्मको सडक मर्मत नभएकाले स्थानियले दिनरात धुलो खानुपरेको छ ।
धुलोका कारण विभिन्न रोगहरु लागिसकेको बताउदै स्थानियले शुक्रबार बाटो मर्मत नहुदा सम्म सवारी चल्न नदिने भन्दै करीब १ घण्टा सडक अबरोध गरेका थिए ।

धुलोका कारण स्थानियलाई स्वास्थ्यमा समस्या बन्दै गएको स्थानिय राजाराम शाहीले बताउनुभयो । उहाँले भन्नुभयो – “४ वर्ष भयो बाटो बन्न लागेको तर कहिल्यैपनि निर्माण पुरा भएको छैन । कहिले वर्खा लाग्यो कहिले चाडपर्व भनेर बाहाना बनाउदै बाटो बनाएकै छैन ठेकेदारले ।” उहाँले थप्नुभयो – “३ /४ जना त टिबी रोगि भईसके ।”

यस्तै अर्की स्थानिय मिना थापाले आफुहरु बिरामी भएर कामकाज गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । “लामो समय भयो यो बाटो बिग्रेको धुलोले स्वास फेर्न नै गाह्रो हुने अवस्था आईसक्यो,” उहाँले भन्नुभयो – “छातिमा समस्या भएको छ, धुलोको एलर्जी भएको छ । सडक चाढै मर्मतको माग गर्दै आफुहरुले गरेको प्रर्दशनलाई प्रहरीले दमन गरेको उनिहरुको भनाई छ ।”

करीब १ घण्टाको प्रदर्शन पछि पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ का अध्यक्ष धनबहादुर नेपालीको पहलमा छिटो भन्दा छिटो सडक कालोपत्रे गर्न दवाव दिने र सडक कालोपत्र नहुदासम्म सडकमा दिनको ४ पटक पानी राखेर धुलो मार्ने व्यवस्था गर्ने सहमति भएको छ ।
प्रल्हाद चन्द्र घिमिरे/समाचारपाटी
सम्बन्धित खबर
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै