तनहुँ । नेपाल युवा परिषद तनहुँको अध्यक्षमा किरण श्रेष्ठ सर्वसम्मत चयन भएका छ्न । शनिबार नेपाल युवा परिषद गण्डकी प्रदेशको आयोजनामा दमौलीमा भएको शाखा विस्तार तथा अभिमुखिकरण कार्यक्रमबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।
श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

त्यसैगरि परिषद तनहुँको उपाध्यक्षमा रितु श्रेष्ठ, महासचिवमा विवेक भट्टराई, सचिवमा लक्ष्मी भण्डारी (सेबिसा), कोषाध्यक्षमा अन्जिता मल्ल ठकुरी, सह-कोषाध्यक्षमा रबि अधिकारी, कार्यक्रम संयोजकमा सुरज भण्डारी र कार्यसमिति सदस्यमा विशाल सुनार र बिमला बानियाँ सर्वसम्मत चयन भएका छ्न ।
बाकी जिल्ला सदस्य भने जिल्ला कार्यसमितिले चयन गर्ने नेपाल युवा परिषद गण्डकी प्रदेशकी संयोजक मोनिका रानाभाटले बताइन ।
उक्त जिल्ला शाखा बिस्तार कार्यक्रममा गण्डकी प्रदेश संयोजक मोनिका रानाभाटले नेपाल युवा परिषदको बारेमा उपस्थित युवाहरु लाई संस्थाको बारेमा बताएकी थिइन ।
नेपाल युवा परिषदले अहिलेसम्म गरेका कार्यक्रमका बारेमा समेत उनले बताईन ।
जिल्लामा युवाको क्षेत्रमा केही गरौं भन्ने हेतुले जिल्ला शाखा विस्तार गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश संयोजक मोनिका रानाभाट संगै परिषद कास्की शाखामा सदस्य संकेत तिमल्सिना र पवन पाठक संगै तनहुँमा युवाहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’