पोखराको मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीब्रिज जडान अन्तिम अवस्थामा पुगेको छ । बेलीब्रिज अब एक हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ ।
बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा – जेजे (जेभी) ले पाएको हो । सडक र ठेकेदार कम्पनीसँग वैशाख २२ गते सम्झौता भएर काम धमाधम भइरहेको छ । असार मसान्तभित्रमा नै निर्माण सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो ।ठूलो पानी नपर्दै खोलामा आएको बाढीका कारण डाइभर्सन नै बगाएपछि अब बेलिब्रिजकै काम छिटो गर्न ठेकेदारलाई भनिएको सडक डिभिजन पोखराका प्रमुख हरिकुमार पोखरेलले बताए । असारसम्म बन्ने भनिएको बेलिब्रिज भदौमा बल्ल तयार भई सञ्चालन हुने देखिएको छ । २ करोड २० लाख रुपैयाँ लागतमा उक्त कम्पनीले बेलिब्रिजको निर्माण ठेक्का पाएको थियो ।
यसैबीच, पूर्वमन्त्री, सांसद एवं नेकपा नेता खगराज अधिकारीले आज विजयपुर खोलामा बन्दै गरेको यस पुलको निरीक्षण गरेका छन् ।
तस्विरः सांसद खगराज अधिकारी फेसबुक पेजबाट ।
सम्बन्धित खबर
पोखरा १० मा आधारभूत ब्यूटिसियन तालिम सुरु
जन्मदिनको अवसरमा युवा यातायात व्यवसायी मल्लद्वारा वृद्धाश्रममा सहयोग
अस्पतालको बेडमा साढे ५ महिना संघर्ष गरी क्षितिजले संसार छाडे
सामाजिक विकास मन्त्री सीता सुन्दास र उर्जामन्त्री बेदबहादुर ‘श्याम’ले लिए सपथ
मुख्यमन्त्री खगराजले मन्त्रिपरिषद् विस्तार गरे, सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग