तनहुँ । श्रावण महिना सुरु भएसगैँ हरियो चुरा मेहेन्दी लगाउने क्रम बढेको छ । बच्चादेखि वृद्धासम्म हरियो, पहेँलो लुगा र मेहेन्दीमा सजिएर हिड्ने गरेका छन् । यस सगैँ रोट्रयाक्ट क्लब अफ दमौलीले महिला र सर्वसाधारण लाई निशुल्क मेहेन्दी मेला कार्यक्रम सम्पन्न गरेको छ ।
तनहुँको दमौलीमा श्रावण महिनाको सुरुवातको दिनमा मेहेन्दि कार्यक्रम गर्न उचित भएकाले बुधबार सो कार्यक्रम गरिएको क्लबका अध्यक्ष मनोज राउतले बताए ।
कार्यक्रममा सलिना गुरुङ र मिमा गुरुङ, सन्जु घले र ममता श्रेष्ठले मेहेन्दी लगाइदिएका थिए ।
क्लबका अध्यक्ष मनोज राउतको सभापतित्वमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा इनरह्विल क्ल्ब अफ दमौलीको समेत सहभागीता रहेको थियो ।
कार्यक्रममा करिब एक सय जनाको सहभागीता रहेको उक्त कार्यक्रमकी संयोजक सरस्वती रसाइलीले बताईन ।
रोट्रयाक्ट क्लब अफ दमौलीकी सचिव सुष्मा श्रेष्ठ भन्छिन् “ क्लबले हरेक वर्ष मेहेन्दी कार्यक्रम सञ्चालन गरेकोमा खुशी भएको र सधैँ यस कार्यक्रममा मेहेन्दी लाउने गरेकी छु, श्रावण महिना मेहेन्दि लगाउने महिना भएकाले हामी महिलाहरु लाई उत्साहित मात्र हैन महिलाहरुले ब्युटी पार्लरमा तिर्नुपर्ने रकम समेत बच्ने गरेको छ ।”
महिलाहरुलाई प्रोत्साहन गर्नका निमित्त वर्षेनी मेहेन्दि मेलामा धेरै भन्दा धेरै महिलाहरु समेट्ने उद्देश्यले कार्यक्रम आयोजना गर्ने गरेको क्लबका अध्यक्ष मनोज राउतले बताए ।
लियो क्लब अफ तनहुँ सत्यवतीले समेत उक्त स्थान मेहेन्दि कार्यक्रम गरेको थियो ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्