हिंस्रक जन्तु जस्तै बाघ, भालु, चितुवा मानब बस्तीमा पसेमा के गर्ने ? कि धपाउने ? कि त नियन्त्रणमा लिने । दुर्लभ तथा लोपोन्मुख जनावर मार्नु त कानुनतः नै दण्डनीय छ । मानव क्षति हुन लागेमा मात्रै तत्कालिन समयमा मार्न सक्दछन् ।
त्यसको लागि भरपर्दो माध्यम नै टेलइन्जेक्ट डार्टगन हो । जसलाई डार्टिङ पनि भनिन्छ ।जसले जनावलाई बेहोस बनाउँछ । बुधबार साँझ पोखरा १६ चिप्लिकुनामा रहेको एक कुखुरा फार्ममा पसेको चितुवालाई पनि टेलइन्जेक्ट डार्टगनबाट नै बेहोस बनाई नियन्त्रणमा लिइएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा, चितवनबाट भेटेरीनरी प्राविधिक किरणराज रिजालको नेतृत्वमा वन्यजन्तु प्राविधिक तीर्थ लामा सहित चार जनाको टोलीले चितुवालाई टेलइन्जेक्ट डार्टगन प्रयोग गरी नियन्त्रणमा लिए । त्यसपछि, चितुवालाई पोखरामा निर्माणधिन पोखरा जुलोजिकल पार्कमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा लगियो । आँखामा चोट लागेको पोथी प्रजातिको लगभग ४ वर्षको चितुवालाई अहिले सो ठाउँमा रेखदेख गरिएको छ ।

तस्विरः तीर्थ लामा
सम्बन्धित समाचार
http://gandaknews.com/chituwa-2/





सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन