किरण श्रेष्ठ, तनहुँ । सरकारले साउन १ गतेदेखि लागु गरेको भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको विरोधमा उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् ।
उनीहरुले आइतबार तनहुँ उद्योग वाणिज्य संघदेखि जिल्ला प्रशासन कार्यालय तनहुँ सम्म विरोध र्याली निकालेका हुन् ।

र्याली पश्चात व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारि रुद्र प्रसाद पण्डितलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारि पण्डितले व्यवसायीहरुले बुझाएका ज्ञापनपत्र संघीय सरकारलाई आज नै पठाउने बताए ।
व्यवसायीहरुले सरकारले आर्थिक वर्ष ०७६/७७ मा भेहिकल एण्ड कन्साइमेण्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) लगायत प्रावधानहरु खारेज गर्नुपर्ने अडान राख्दै आएका छन् ।
आइतबार तनहुँ उद्योग वाणिज्य संघबाट निस्किएको व्यवसायीहरुको बिरोध र्याली जिल्ला प्रशासन नजिक पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले सरकारले ल्याएका ऐन अव्यवहारिक भएको बताए । उनले सरकारले लागू गरेको प्रणालीका विषयमा व्यवसायीहरु नै अनविज्ञ रहेको बताउँदै विना तयारी र व्यवसायीहरुलाई जानकारी नै नदिएर लागू गरिएको प्रणालीले समग्र अर्थतन्त्र प्रभावित हुने बताए ।
हेर्नुस भिडियो:
https://m.facebook.com/story.php?story_fbid=1104450239747227&id=726047900920798
सरकारले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई दुःख दिन खोजेकोले विरोधमा उत्रनु परेको तनहुँ उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष वैकुण्ठ मिश्रले बताए ।
उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देव कुमार श्रेष्ठले सडक आन्दोलन नगरी सरकारले नसुन्ने भएकोले बाध्य भएर सडमा आउनुपरेको बताए ।
‘सरकारले आन्दोलनबाहेक अरुबाट सुन्दैन, त्यसैले बाध्य भएर सडकमा आउनुपरेको छ’ उनले भने ‘आगामी दिनमा धर्ना बस्नुपर्ने हुन सक्छ।’
संघका पूर्वअध्यक्ष मंगल प्रसाद श्रेष्ठले उद्योग वाणिज्य क्षेत्रलाई धराशायी बनाउने हिसाबले सरकारले काम गरेको आरोप लगाए । सरकार सुन्ने गरेर सडक बाटै आन्दोलन गरेको समेत उनले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु