मकवानपुरको हेटौँडामा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । आइतबार बिहान हेटौँडा–१५ रातोमाटेमा भारतीय नम्बर प्लेटको ट्रक पल्टिर सडकमा गुडिरहेका अन्य सवारीसाधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु र अन्य ८ जना घाइते भएका छन् ।
सोमबार बाटोमा पल्टिएको लरी मंगलबार बिहान उठाइएको र त्यही लरी पुनः पल्टिँदा अरु सवारी साधनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको एन–एल–ओ–आईडी ८०३१ ओभरलोड ट्रक उकालो चढ्न खोज्दा बिग्रिएको थियो । मर्मतपछि हेटौंडातर्फ जान लागेको ट्रक मंगलबार अनियन्त्रित भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । ट्रक पल्टिएपछि सडकमा सवार करिब ८ वटा सवारीसाधन ठोक्किएका प्रहरीले जनाएको छ ।
डिएसपी भट्टराईका अनुसार अनियन्त्रित भएर पल्टिरएको ट्रकले ठक्कर दिँदा ना १ ह ८८२४ नम्बरको अटोका चालक मकवानपुरको बसामाडी घर भएका ३० वर्षीय सुजनकुमार ढकालको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मृत्यु भएका अर्का व्यक्तिको भने पहिचान खुल्न सकेको छैन ।
घाइते भएका ८ जनाको हटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
भोटेकोशी बाढीपीडितका लागि बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको तलब सहयोग
ब्रेक फेल भएको बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु
हेटौँडामा जमिनमुनि भासिएर बेपत्ता गाडी अझै भेटिएन
दुई किशोर घरमै डाकेर पत्नीमाथि सामूहिक बलात्कार, पति पक्राउ
हेटौँडा-काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
झण्डै साढे ११ करोडको ८ किलो बढी सुनसहित हेटौँडाबाट २ जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा