तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुह तनहुँका जिल्ला सदस्य तथा युवा संगठन नेपाल तनहुँका जिल्ला अध्यक्ष सहित दुई कार्यकर्ता लाई पक्राउ गरेको छ ।
मंगलबार दिउँसो तनहुँको दमौली बजारबाटै विशेष सुराकीको नेत्र विक्रम चन्द विप्लव समुहको युवा संगठन नेपाल तनहुँका जिल्ला अध्यक्ष ब्यास नगरपालिका वडा नं १४ केशबटार बस्ने बर्ष ३६ को नेत्र प्रसाद थापा र जिल्ला सचिव भानु नगरपालिका वडा नं २ भकुन्थोक बस्ने बर्ष ३० को विष्णु कुमार श्रेष्ठ ‘दृष्टि’लाई प्रहरीले पक्राउ गरेको हो ।
दमौली बजार एरियाबाट विभिन्न पर्चा पम्प्लेट लगाएतका प्रमाण सहित उनिहरू लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मंगलबार नै जिल्ला अदालत तनहुँमा उपस्थित गराएर जरुरी पक्राउ पुर्जी स्विकृत गराई राजद्रोह मुद्धामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी लिलाराज लामिछानेले बताए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तनहुँ प्रहरीको सर्वाधिक खोजीको सुचिमा थापा रहेका रहेका थिए । विप्लव समुहलाई तनहुँमा थापा पक्राउ परे संगै ठूलो धक्का पुग्ने देखिएको छ । पक्राउ दुई जना माथि अहिले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
अनुसन्धान पछि मात्रै कस्तो कारबाही हुने थाहा हुन्छ प्रहरी स्रोतले बतायो । विप्लप समुहका कार्यकर्ता अहिले तनहुँका प्रहरीको विशेष निगरानीमा रहेको प्रहरीले बतायो ।
विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टीका १५ जना नेता तथा कार्यकर्ताहरु लाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरिसकेको छ ।
आतंककारी, विध्वंसात्मक तथा संगठीत अपराध र लुटपाटमा संलग्न रहेको अभियोगमा विप्लव समुहको नेकपामाथी २०७५ फागुन २ गतेको मन्त्रिपरिषदले प्रतिवन्ध लगाउँदै आएको छ । सोही अनुरुप उनीहरुका गतिविधि नियन्त्रण गर्न चारवटै सुरक्षा निकाय परिचालन गरिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २३ गते विप्लव नेतृत्वको नेकपालाई लुटेराको संज्ञा दिएका थिए । सरकारले त्यसको ५ दिनपछि विप्लवमाथी प्रतिवन्ध नै लगाएको थियो ।
सरकारले प्रतिवन्ध लगाएलगत्तै विप्लव सहित केन्द्र देखि स्थानीय नेता कार्यकर्ता भूमिगत भएका छन् । सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयन्त्र विशेष सुरक्षा कार्यदल उनीहरुको खोजीमा परिचालन भएका छन् ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’