पोखरामा चार वर्षदेखि शैक्षिक परामर्श दिँदै आएको संस्था ‘ग्लोबल रिच’ले अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै यही साउन १२ गते आईतबार पोखरामा एजुकेशन फेयर आयोजना गर्दैछ । ‘ग्लोबल रिच’ले गर्न लागेको शैक्षिक मेलाको यो नवौँ सँस्करण हो ।
न्यूरोडको सिटी स्क्वायर पार्टी प्यालेसमा हुने शैक्षिक मेलामा अष्ट्रेलियाका छुट्टाछुट्टै १२ वटा कलेज तथा यूनिभर्सिटीका प्रतिनीधिहरुले विद्यार्थी तथा उनीहरुका अभिभावकहरुसँग भेटघाट गर्नेछन् । ‘वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुको पहिलो रोजाई अष्ट्रेलिया नै हो । र, हामीले विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै उनीहरुलाई बढि भन्दा बढि जानकारी मिलोस् भन्ने हेतुले यो मेला गर्न लागेका हौँ ।’ ‘ग्लोबल रिच’ पोखराका ब्राञ्च को–अर्डिनेटर सरिता गुरुङले भनिन् ।
https://www.facebook.com/specks14/videos/1072156996318409/
कम्पनीले पोखरामा वर्षेनी दुईवटा यस्ता प्रकृतिको मेलाको आयोजना गर्दै आएको छ । ‘धेरै भन्दा धेरै विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा मिलोस् र उनीहरुको भविष्य उज्यालो होस् भन्ने हाम्रो चाहना हो । हामी विद्यार्थीको भविष्यलाई लिएर निकै संवेदशिल छौँ ।’ ‘ग्लोबल रिच’ पोखरा शाखाका मार्केट डेभलपमेन्ट एक्जिक्युटिभ सागरबाबु गिरीले भने–‘त्यसैले हामीले यस्तो मेलाको आयोजना गरेर विद्यार्थीहरुलाई थप सजिलो बनाउने प्रयास गरेका हौँ ।’
मेलामा आउने विद्यार्थीहरुका लागि फ्रि एप्लिकेशन, छात्रवृत्ति, निशुल्क आइईएलटिएस कुपन र विभिन्न गिफ्ट ह्याम्परको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै सोही मेलामा विभिन्न ४ वटा बैंकहरुले विद्यार्थीहरुलाई शैक्षिक कर्जाको विषयमा जानकारी समेत दिनेछन् । ‘अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई यो मेला विशेष प्याकेज हो । त्यसैले सकेसम्म यो मौका नछुटाउँदा राम्रो हुन्छ ।’ कम्पनीले भनेको छ ।
ग्लोबल रिच बहुराष्ट्रिय शैक्षिक परामर्शदाता कम्पनी हो । भारतमा मूख्य कार्यालय रहेको यो कम्पनीको फरक फरक देशमा ४० भन्दा बढि शाखाहरु संचालनमा छन् । खासगरि अष्ट्रेलियासँगै भुटान, बंगलादेश, श्रीलंका, भारत र नेपाल लगाएतका एसियन मुलुकहरुमा यो कम्पनी सक्रिय छ । १६ वर्ष अगाडि देखि काठमाण्डौबाट सेवा दिन शुरु गरेको कम्पनीको हाल पोखरासँगै बुटवल र चितवनमा पनि शाखा संचालनमा रहेका छन् ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन