पोखरा । तीन दशक अघि पोखराको चिप्लेढुंगामा स्थापना भएर आफूलाई यहाँको ब्राण्डको रुपमा चिनाइसकेको ओपन हाउस रेष्ट्रो एण्ड लाउन्ज बारले वार्षिकोत्सवका अवसरमा विविध सांगीतिक कार्यक्रम आयोजना गर्दैछ । आफ्नो ३१ औँ वार्षिकोत्सवको अवसरमा विविध साँगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
रेष्टुरेन्टले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै साउन १० देखि ३२ गते सम्म वार्षिकोत्सव कार्यक्रम रहने जानकारी गराएको हो । रेष्टुरेन्टका सञ्चालक सुरेश गुरुङले वार्षिकोत्सवका अवसरमा ओपन हाउसका संस्थापक विश्वशंकर पालिखेलाई सम्मान गरिने बताए । उनका अनुसार हाउस ब्याण्डका साथमा हरेक शुक्रबार र शनिबार चर्चित कलाकारहरुले प्रस्तुति दिनेछन् ।
जस्मा यहि साउन १० गते शुक्रबार प्रयत्न श्रेष्ठ, साउन ११ गते शनिबार निलिमा थापा मगर, साउन १७ गते शुक्रबार लेकाली ब्याण्ड, साउन १८ गते शनिबार बिक्रम बराल, साउन २४ गते शुक्रबार देउराली ब्याण्ड, साउन २५ गते शनिबार गौतम गुरुङ र ब्रोसिस ब्याण्डका गायक प्रकाश राना, साउन ३१ गते शुक्रबार ड्यामेज ग्लीटर्स ब्याण्ड र साउन ३२ गते शनिबार धर्मेन्द्र सेवान एण्ड ब्याण्डको प्रस्तुतिले मनोरञ्जन प्रदान गरिनेछ ।
साँगीतिक कार्यक्रम हरेक साँझ ७ः३० बजेबाट सुरु हुनेछ । वार्षिकउत्सवको अवसरमा ओपन हाउसले ग्राहकलाई १२ प्रतिशत सम्म खानाका परिकारमा छुटको व्यवस्था गरेको छ । वि.सं २०४५ मा स्थापित ओपन हाउसमा अहिले नियमित कलाकारमा सुनिल थापा, राजा मुखिया, मैपाल लामा, अजुदा थापा, अमित गुरुङ, दानबहादुर मगर, रजनी रिदम राई, सन्तोष बस्याल, प्रिया गुरुङ रहेका छन् । विगत ४ वर्ष यतादेखि ओपन हाउसले ग्राहकले तिरेको बिलबाट २ रुपंैया छुट्याएर समाजसेवामा खर्च गरेको गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’