पोखरा । तीन दशक अघि पोखराको चिप्लेढुंगामा स्थापना भएर आफूलाई यहाँको ब्राण्डको रुपमा चिनाइसकेको ओपन हाउस रेष्ट्रो एण्ड लाउन्ज बारले वार्षिकोत्सवका अवसरमा विविध सांगीतिक कार्यक्रम आयोजना गर्दैछ । आफ्नो ३१ औँ वार्षिकोत्सवको अवसरमा विविध साँगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
रेष्टुरेन्टले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै साउन १० देखि ३२ गते सम्म वार्षिकोत्सव कार्यक्रम रहने जानकारी गराएको हो । रेष्टुरेन्टका सञ्चालक सुरेश गुरुङले वार्षिकोत्सवका अवसरमा ओपन हाउसका संस्थापक विश्वशंकर पालिखेलाई सम्मान गरिने बताए । उनका अनुसार हाउस ब्याण्डका साथमा हरेक शुक्रबार र शनिबार चर्चित कलाकारहरुले प्रस्तुति दिनेछन् ।
जस्मा यहि साउन १० गते शुक्रबार प्रयत्न श्रेष्ठ, साउन ११ गते शनिबार निलिमा थापा मगर, साउन १७ गते शुक्रबार लेकाली ब्याण्ड, साउन १८ गते शनिबार बिक्रम बराल, साउन २४ गते शुक्रबार देउराली ब्याण्ड, साउन २५ गते शनिबार गौतम गुरुङ र ब्रोसिस ब्याण्डका गायक प्रकाश राना, साउन ३१ गते शुक्रबार ड्यामेज ग्लीटर्स ब्याण्ड र साउन ३२ गते शनिबार धर्मेन्द्र सेवान एण्ड ब्याण्डको प्रस्तुतिले मनोरञ्जन प्रदान गरिनेछ ।
साँगीतिक कार्यक्रम हरेक साँझ ७ः३० बजेबाट सुरु हुनेछ । वार्षिकउत्सवको अवसरमा ओपन हाउसले ग्राहकलाई १२ प्रतिशत सम्म खानाका परिकारमा छुटको व्यवस्था गरेको छ । वि.सं २०४५ मा स्थापित ओपन हाउसमा अहिले नियमित कलाकारमा सुनिल थापा, राजा मुखिया, मैपाल लामा, अजुदा थापा, अमित गुरुङ, दानबहादुर मगर, रजनी रिदम राई, सन्तोष बस्याल, प्रिया गुरुङ रहेका छन् । विगत ४ वर्ष यतादेखि ओपन हाउसले ग्राहकले तिरेको बिलबाट २ रुपंैया छुट्याएर समाजसेवामा खर्च गरेको गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ