पोखरा । देशभर अहिले बाढी र पहिरो चलेको छ । लमजुङमा बुधबार बाढीले बगाएर ४ जनाको मृत्यु भयो भने ६ जना अझै बेपत्ता छन् । ११ वटै जिल्लामा बाढीको वितण्डा छ । सबैतिर धनजनको क्षति भैरहेको छ । सरकारले उनीहरुको पीडामा मलमपट्टी लगाउने गरी कुनै राहात दिन सकेको छैन ।
विहिबार बसेको प्रदेशसभा बैठकमा सभामुखले बाढी पहिरोबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली दिए । परिवार र आफन्तलाई समवेदना तथा घाईतेको शीघ्र स्वास्थ्य लाभको कामना गरे । त्यही बैठकमा सांसद र जनप्रतिनिधिलाई थप गरिएको सुविधाबारे संशोधित ऐन टेवुल गरिएको थियो ।
गण्डकी सरकारले पछिल्ला दिनहरुमा आँफु र स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधा तथा पारिश्रमिक धमाधम बढाएको छ । सबै सांसद र महानगरका मेयर उपमेयरले स्वकीय सचिव राख्न पाउने सुविधा पाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दललाई प्रमुख सचेतकको पद थपिएको छ । राजधानीमा घर हुने सांसदलाई घर मर्मत खर्च भनेर ७ हजार ५ सय रुपैयाँ मासिक उपलब्ध गराईएको छ ।
स्थानीय तहका जनप्रतिनिधिले यसअघि सरकारी जागिर खाएर रिटायर्ड भए उनीहरुले दोहोरो सुविधा पाउने भएका छन् । स्थानीय तहका कार्यपालिका सदस्यको तलव वडाध्यक्ष बराबर पु¥याईएको छ । वडा सदस्यहरुको तलव वडाध्यक्ष भन्दा आधा कम पु¥याईएको छ । जिल्ला समन्वय समितिका सदस्यहरुको तलव १५ हजार पुगेको छ ।
स्थानीय तहका उपमेयर र उपाध्यक्षलाई पनि गाडी चढ्ने बाटो खोलिएको छ । दलका सचेतक, संसदीय समितिका सभापतिहरुलाई गाडी सुविधा उपलब्ध गराईएको छ । निरन्तर जसो सरकार अहिले सेवा सुविधा बढाउनेतर्फ केन्द्रीत छ । असार २५ गते बसेको मन्त्रीपरिषद् बैठकबाट गरिएका यि सबै निर्णयमार्फत भएको संशोधित ऐन विहिबार प्रदेशसभा बैठकमा टेवुल गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले संशोधित ऐन टेवुल गरे ।
तर सोही बैठकमा बिशेष समय लिएर सांसदहरु धनञ्जय दवाडी र मणिभद्र शर्मा कँडेलले बाढी पीडितको पीडाबारे आवाज उठाए । राहात र उचित बासस्थानका लागि सरकारको ध्यानाकर्षण गराए । विहिबारको बैठकमा प्रदेश लोकसेवा सम्बन्धि विधेयक विधायन समितिबाट सदनमा फिर्ता भएको छ । सभापति मोहन रेग्मीले दफावार छलफल पछि विज्ञहरुको सुझाव समेतलाई समेटेर लोकसेवा आयोग गठन र ब्यवस्थापन सम्बन्धि ब्यवस्था गर्न बनेको विधेयक सभामा पेस गरेका हुन् ।
-डिएनएनेपाल बाट ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो