तनहुँ । तनहुँको आँबुखैरेनीमा बिहीबार बिहानै बोलेरो जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि फरार चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ गल्कोट ११ का २४ वर्षीय दीपक दर्जी रहेका छन्।
जिपले बिहीबार बिहान सवा पाँच बजे आँबुखैरेती गाउँपालिका २ बगुवास्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका ३ पानीघट्टाका ७९ वर्षीय खड्गबहादुर दर्लामीको ज्यान गएको थियो ।
तर जीप सहित चालक भने फरार रहेको थियो । प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा शुक्रबार जिप चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बाग्लुङको बुर्तिवाङबाटत बिरामी बोकेर काठमाडौं जाँदै गरेको ध १ ज ७३८ नम्बरको बोलेरो जिपलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।
बिहानै भएकाले घटना लगत्तै चालक फरार हुँदा प्रहरीले पहिचान गर्न नसकेको र राजमार्गको सीसीटीभी फुटेजमार्फत अध्ययन गर्दा सवारी पहिचान गरे पनि नम्बर चिन्न सकेको थिएन ।
धादिङस्थित बेनीघाटको फुटेज अध्ययन गरेर सोही सवारीको नम्बरसमेत पहिचान गरेपछि प्रहरीले सवारी र चालकको विवरण संकलन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
जिपका चालक सम्पर्कमा आएपछि कार्यालयबाट खटिएको टोलीले चालकलाई पक्राउ गरेको लामिछानेले बताए ।
चालक दर्जीले घाइतेको ज्यान गएको र आफूसँग बिरामी भएकाले असुरक्षाका कारण भागेको बयान दिएको प्रहरी नायब उपरीक्षक लामिछानेले बताए ।
तनहुँ जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप अनुमति लिइ प्रहरीले चालक दर्जीविरुद्ध अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला