हेलिकप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको नाममा ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले ६० हजार राशीको पुरस्कार स्थापना गरेको छ।
पर्यटन क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्धेश्यले टानले पुरस्कार स्थापना गरेको महासचिव आङपेम्बा शेर्पाले बताए। पर्यटन क्षेत्रको सुधारमा योगदान पुर्याउदै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न लागि परेका टानले जनाएको छ। मन्त्री अधिकारीको २०७५ साल फाल्गुण १५ गते ताप्लेजुङको पाथीभरा नजिक हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। टानले आउने साधारणसभादेखि पुरस्कार वितरण गर्ने भएको छ।
टानले स्थापना गरेकोमध्ये अधिकारीको नाममा स्थापना गरिएको पुरस्कार सबैभन्दा ठुलो रासीको पुरस्कार हो। टानमा हाल २५ हजार रासीको दुई जनालाई टान पत्रकारिता पुरस्कार, ५० हजार रासीको टान डा. हर्क गुरुङ पुरस्कार, ५० हजार रासीकै टान पासाङ ल्हामु पुुरस्कार र १५ हजार रासीको टान पेम्बा डोमा पुरस्कार रहेका छन्। पर्यटन व्यवसायीहरुको छाता संस्था रहेकाले टानले उच्च योगदान पुर्याउने व्यक्तिलाई यि पुरस्कारबाट सम्मान गर्दै आएको छ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा