रञ्जन अधिकारी पोखरा, १७ मंसिर / नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाको घरनजिक भेटिएको बम निस्क्रिय गरिएको छ ।
आईतबार साँझ ९ बजेतिर संकास्पद बस्तु भेटिएको थियो । निलो जेब्रा झोला भरिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । दुई वटा बमलाई एक घण्टाको अन्तरमा नस्ट गरिएको छ । एउटालाई १०ः०३ बजे र अर्को १०ः ४८ बजे डिस्पोज गरिएको हो । नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।
विन्दुकुमार थापाको घरमै कास्की क्षेत्र नं. २ चुनाव प्रचार कार्यालय खडा गरिएको छ । बम पाँच घर माथि गल्लीमा भेटिएको हो ।
थापा लक्षित गरी बम राखिएपनि बम पड्किएको खण्डमा नजिकैको घरमा क्षति पुग्ने थियो । यस्तो अमानवीय हर्कतको स्थानीयले चर्को निन्दा गरेका छन् । प्रहरीले बम कसले राख्यो भन्नेबारे नखुलेको जानकारी दियो ।
यसअघि गत मंसिर ८ गते बेलुकी बाम गठबन्धन कास्की क्षेत्र नं. २ प्रचार सचिवालयमा प्रेसर कुकर बम विस्फोट भएको थियो । यस्तै, मंसिर १० गते नेकपा एमाले कास्कीको पार्टी कार्यालय नजिकै दिउँसो पेट्रोल बम डिस्पोज गरिएको थियो ।

सम्बन्धित खबर
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै