पोखरा । पृथ्वी राजमार्गमा बस चलाउने सञ्चालकहरु सरकारको पछिल्लो निर्णयअनुसार कम्पनी प्रालिमा गएका छन् । समितिलाई प्रालिमा लगेपछि पोखरामा पहिलो अधिवेशन सम्पन्न भयो र योगेन्द्रबहादुर केसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । साथै, सोमबार मात्रै कम्पनी प्रालिको प्रथम अधिवेसनबाट निर्वाचित अध्यक्ष एवं संचालकहरुले सपथ ग्रहण गरेका छन् ।
प्रालिले सोमबार पोखरामा आयोजना गरेको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत अधिवक्ता दामोदर अधिकारीले प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसी सहितको ११ जनालाई सपथ ग्रहण गराएका हुन्। प्रालिको सञ्चालक सदस्यहरुमा अशोक कुमार चौधरी, जय प्रसाद शर्मा, बाबुराम दवाडी (साइला), काशी शर्मा न्यौपाने (रामु), ज्ञान बहादुर केसी (ज्ञानु ), ओम प्रकाश कार्की, भरत कुमार मल्ल, जस बहादुर गुरुङ, मेघराज त्रिपाठी र धर्मराज अर्याल रहेका छन् । प्रालिको यही साउन ११ गते पोखरामा पहिलो अधिवेशन भएको हो । १ हजार ३ सय २७ मतदाता मध्ये अधिवेसनमा १ हजार १ सय ९४ मत खसेको थियो ।
यस अघि केसी समितिको महासचिवमा रहेका थिए । प्रालिको अध्यक्ष केसी सर्वसम्वत अध्यक्ष भएका हुन भने अन्यमा भोटिङ भएको थियो ।

यातायात क्षेत्र व्यवस्थित गर्न प्रदेशले संघको घडी पर्खेर बस्दैन: मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले यातायात क्षेत्रलाई व्यवस्थित पार्न प्रदेश सरकार लागिपर्ने बताएका छन् । पदस्थापन समारोहका प्रमुख आमन्त्रित व्यक्तित्व गुरुङले यातायात क्षेत्रलाई व्यवस्थित पार्ने विषयमा अब संघको घडी पर्खेर नबस्ने बताए । उनले यातायात क्षेत्र प्रदेश सरकार मातहतमा परेको उल्लेख गर्दै संघले कहिले नियम कानुन बनाउला र अनि हामीले बनाउँला भनेर नबस्ने बताए । यातायात क्षेत्र प्रदेशको राम्रो आम्दानीको स्रोत भएकाले पनि अब छिट्टै कानुन बनाउन अपरिहार्य रहेको उनको भनाई थियो ।सरोकारवाला पक्षसंग पर्याप्त छलफल गरी सबैले पालना गर्ने गर अपनत्व हुने गरी यातायात सम्बन्धि कानुन बनाउने उनको भनाई थियो ।
पोखरा पर्यटनको समेत राजधानी भएकाले पोखरा अब २४ सै घण्टा खुल्ला गराउनु पर्ने मुख्यमन्त्रीको भनाई छ । उनले भने – ‘पोखरामा अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थल निर्माण भए पश्चात पोखरामा राति आउने पर्यटकहरुलाई अत्यावश्यक सेवा उपलब्ध गराउन पनि अब पोखरालाई चौबिसै घण्टा खुल्ला हुने गरी संचालनको तयारी गर्नु पर्छ ।’ पोखरामा रिङरोड बिना हालको काठमाण्डौं जस्तो अस्तव्यस्त पोखरा हुने उनले दाबी गरे । पोखरा रिङरोडको लागि १८ अर्बको लागतमा चिनिया कम्पनीले बनाउने बिषयमा छलफल भएको मुख्य मन्त्री गुरुङले जनाए ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले भदौ १ गतेदेखि इ–टिकेटिङ सिस्टम पोखरामा लागू हुने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पृथ्वी राजमार्गको समितिबाट प्रालिमा रुपान्तरण भए पनि प्रवृत्ति पुरानै भएमा आम जनतालाई झन् समस्या हुने दाबी गरे । प्रालिका संस्थापक अध्यक्ष ऐन कुमार साई, संरक्षक केशव प्रसाद अधिकारी लगायतले राज्यले व्यवसायीको लगानी सुरिक्षत गर्नुपर्नेमा जोड दिए ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’