पोखरा । जनप्रतिनिधिको तलव भत्ता बढिरहेकोमा चौतर्फी आलोचना भैरहेका बेला गण्डकी प्रदेश सरकारले कर्मचारीलाई भ्रमणका लागि पनि पैसा छुट्याएको छ । बर्षमा एक हप्ता घुम्नका लागि प्रत्येक कर्मचारीलाई २५ हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको हो । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको बैठकमा जवाफ दिने क्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले यस्तो जानकारी दिएका हुन् ।
नेपालभित्रका जुनसुकै ठाउँमा भ्रमण गरेपनि त्यसको फोटो र भ्रमण प्रतिवेदन बुझाए प्रत्येक कर्मचारीले २५ हजार रुपैयाँ पाउने उनको भनाई छ । ‘कार्यालयमा काम गर्दा हाई काढेर बस्ने अवस्था छ । उनीहरुलाई रिफ्रेसमेण्टका लागि भ्रमणको ब्यवस्था गरेका छौं,’ उनले भने, ‘सबै कर्मचारीले भ्रमणको लागि पैसा पाउँछन् ।’
‘खर्च हेरेर २५ हजारसम्म दिने हो । हरेकले २५ हजार खर्च गर्न पाउँछन् तर खर्च हुनुपर्छ । एकदिन घुमेर २५ हजार पाउने होईन । विल भरपाई हेरेर भुक्तानी हुन्छ,’ उनले भने, ‘२५ हजारभन्दा बढी खर्च भए सरकारले ब्यहोर्दैन ।’
गण्डकी प्रदेशमा २ हजार २ सय कर्मचारीको दरवन्दी छ । सबै कर्मचारीलाई २५ हजारका दरले उपलब्ध गराए ५ करोड ५० लाख रुपैयाँ आवश्यक पर्छ । तर सरकार कर्मचारीलाई घुम्नका लागि ९० लाख रुपैयाँ मात्रै बजेट ब्यवस्था गरेको छ । मुख्यमन्त्री कार्यालयबाट सञ्चालन हुने गरी आन्तरिक पर्यटन बर्षलाई टेवा दिन कर्मचारी भ्रमणको ब्यवस्था गरिएको हो ।
केही समयअघि वडा सदस्य देखि मुख्यमन्त्री सम्मको सुविधा बढाएर गण्डकी सरकार आलोचित बनेको थियो । पर्यटन मन्त्री विकास लम्सालले नै इन्जोय जोन र फेवातालमा कफी सप खोलेर १ सय डलरमा कफी बेच्ने विवादित बिषय बोलेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो