बाग्लुङ । गुल्मीसँग सिमाना जोडिएको बाग्लुङको तुरतुरे ताल फुटेर मध्यपहाडी लोकमार्ग नै बगाएपछि आवतजावत बन्द भएको छ । गत वर्ष भदौमा पहिरो खसेर बनेको कृत्रिम ताल तुरतुरे एक वर्षपछि फुटेको हो । अबिरल वर्षासँगै बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे (ठूलो भर्याङ) भन्ने स्थानमा चट्टानसहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो । सो तालमा पर्यटन व्यवसायीहरुले डुंगा समेत सञ्चालन गर्दै आएका थिए ।
तालमा पानीको चाप बढेपछि गएराति करिब १ बजेतिर ताल फुटेको स्थानीयले बताएका छन् । तालको पानी घट्न थालेपछि त्यस स्थानमा डुबानमा परेका घरहरु र खेतहरु पनि देखिन थालेको छ । गत वर्ष पहिरोले खोला थुनिएर ताल बन्दा बाग्लुङको सिमलचौरका चार घर डुबानमा परेका थिए । पहिरोमा जोखिमपूर्ण यात्रा गर्दा एक जनाको ज्यान पनि गएको थियो ।

२ सय मिटर सडक बगायो
ताल फुटेसँगै बडिगाड गाउँपालिकाको भिमगिठेमा मध्यपहाडी राजमार्गको २ सय मिटर पिच बाटोसमेत बगाएको छ । बाटो बगाउँदा गुल्मी हुँदै बाग्लुङ–बुर्तिबाङतर्फ आवत–जावत अवरुद्ध भएको छ । पैदल हिँड्ने बाटोसमेत बाँकी नराखेको स्थानीयको भनाइ छ ।
ताल फुटेर बाढी आएपछि नदी किनारमा रहेका बाग्लुङका भिमगिठे, खारा, खरबाङ र गुल्मीका भुवाचिदी, मजुवा चोरकाटे, उल्लीखोला, रिडीसम्मका नदी किनारका मानिसहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ । तालको पानी बग्न थाले पनि कुनै मानवीय क्षती भने भएको छैन ।

http://gandaknews.com/badigad/
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा