पोखरा । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेकोे स्मृतिमा स्थापित ‘दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान २०७५’ बाट अग्रज पत्रकार रबिन्द्रनाथ बास्तोला सम्मानित भएका छन् । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहका बीच आज बास्तोलालाई नगद रु ५५ हजार ५५५, सम्मानपत्र तथा दोसल्लाले सम्मान गरेका हुन् ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित तथा पालिखे परिवारद्धारा स्थापित सो पत्रकारिता सम्मानको राशी यसअघि रु ३३ हजार ३३३ पुरस्कार राशी रहेकोमा यसवर्षबाट बृद्धि गरिएको हो । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सभापति देउवाले प्रेसलाई अंकुश लगाउने ढंगले ओली सरकार अघि बढेको आरोप लगाए ।
महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा कास्की अध्यक्ष एवं प्रदेश सांसद कृष्ण थापा, काँग्रेस कास्की सभापति कृष्ण केसी, प्रतिभा छनौट समिति संयोजक नारायण कार्की, न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष गंगाधर पराजुली, पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, सम्मानित व्यक्तित्व रविन्द्र बास्तोला लगायतले बोलेका थिए ।
पत्रकार महासङ्घ कास्की शाखाका पूर्वअध्यक्ष बास्तोला विगत २३ वर्षदेखी पत्रकारितामा क्रियाशिल रही समाज रुपान्तरणमा योगदान पु¥याएबापत सो सम्मान प्रदान गर्ने निर्णय गरिएको महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिनाले बताए ।
यसैबीच, बास्तोलाले आफूले पाएको पुरस्कारमा थप रकम राखी बुबा र आमाको नाममा अक्षयकोष स्थापना गरी विश्व रेवती शिक्षा पत्रकारिता पुरस्कार स्थापना गर्ने बताए । शिक्षा क्षेत्रमा योगदान दिने पत्रकारलाई २५ हजार ५५५ राशी सहित सम्मान गरिने बास्तोलाले बताए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो