तनहुँ । पछिल्लो समय नेपाली हिन्दु नारीहरुको महान पर्व भड्किलो बन्दै गएको छ । महिना दिन अघि देखि ठुला होटल र पार्टी प्यालेसमा जम्मा भएर तीजको दर खाने परम्परा नै बसिसकेको छ ।
सोहि कुरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन तनहुँले दरखाने नाउँमा तीज पर्वको मौलिकता माथि आँच आउने प्रकृतिका फजुल खर्च, तडकभडक, गरगहना प्रदर्शन र साँगीतिक कार्यक्रमका नाममा हुने ध्वनि प्रदुषणका कार्यहरु नगर्न आग्रह गरेको छ ।
मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले सो आग्रह गरेको हो ।
हेर्नुस प्रेस नोट

हरितालिका तीज विशेष गरी नेपाली नारीहरुले भाद्र शुक्ला द्धितीयाका दिन दरखाने र हरितालिका तीजको दिनभर ब्रत बसी भाद्र शुक्ला चतुर्थी ऋषि पञ्चमीका दिन बिहानै धार्मिक रितिरिवाज अनुसार नदिनाला र पानी पधेरोहरुमा नुहाइ त्यस दिनभर पुजा आजा र नाचगान गरी मनाउने यो चाडको मौलिक परम्परा हो ।
पछिल्लो समय तीजका मुख्य दिन आउनु भन्दा हप्तौ अगाडि देखि नै विभिन्न संघ संस्था, क्लब र समूहको नाममा दर खाने र भेटघाट कार्यक्रम राख्ने गरेको गत विगतका केहि वर्षदेखि देखिदै आएको प्रशासनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
चाड पर्वहरु हाम्रो मौलिक परम्परा, संस्कृति, रितिरिवाज र धार्मिक मान्यताको धरोहर भएकाले संरक्षण र संवर्धन गरी मौलिकता तथा सभ्यतालाई जोगाउनु हाम्रो कर्तव्य हुनुका साथै धार्मिक र सांस्कृतिक महत्व बोकेका पर्व र परम्परालाई समयको परिवर्तन सँगै मनाउनु पर्छ ।bhaचाड पर्वलाई निरन्तर मनाउनु सबै नागरिकहरुको दायित्व रहेता पनि विगतका केही वर्ष यता धार्मिक परम्परा, मूल्य मान्यता, सभ्यता, संस्कार र संस्कृति अवमूल्यन हुने गरि चाडपर्वमा देखिने तडकभडकले समाजमा संस्कार र संस्कृतिको जगेर्ना हुनु भन्दा विकृति र विसंगति बढ्दै गएकाले तीज पर्वको मौलिकता संरक्षण जरुरी रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन