पोखरा । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायः मचा समितीको आयोजनामा तायःमचा नृत्य प्रतियोगिता तथा गाइजात्रा महोत्सव २०७६ हुने भएको छ । साउन ३१ र ३२ गते दुइ दिन हुने महोत्सव महेन्द्रपुलको सडकमा हुन लागेको हो ।
तायः मचा प्रतियोगितामा आयोजक सहित ३० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक मानकाजी माकाजुले जानकारी दिए । यो पटक ६ वटा महिला टोली पनि प्रतियोगितमा सहभागिता जनाउने भएको छ । दुइ दिन सम्म चल्ने महोत्सवमा चेतनामुलक मुलक फेसन सो, लाईभ ब्याण्ड मार्फत सांगितिक कार्यक्रम, नेवारी मौलिक नाच, विभिन्न जातीका नाच, नेवारी खानाका परिकार साथै २० वटा स्टल रहने संयोजक मानकाजीले बताए ।
प्रतियोगितामा विभिन्न ८ विधाहरुमा पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितमा प्रथम हुनेले नगद ३० हजार सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वितिय हुनेले नगद २० हजार शिल्ड तथा प्रमाणपत्र, तृतीयल नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सान्त्वनाले नगद रु ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । विधागत पुरस्कार अन्तर्गत उत्कृष्ट ख्याली, बाद्यबादक, उत्कृष्ट परि र उत्कृष्ट जोक्करले रु २ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा सहभागि हुने महिला टोलीहरु मध्ये प्रोत्साहन स्वरुप एक टोलीलाई उत्कृष्ट घोषणा गरी रु १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
नेवाः खल कास्कीले २०५४ साल देखि व्यवस्थित रुपमा तायःमचा नृत्य प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । साँघुमुख टोल विकास संस्थाका अध्यक्ष ओमलाल बड्गामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तायमचा समितीका सचिव विकल साईले गरेका थिए । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा रुपाकोट सुन चाँदी दुकान रहेको छ । महोत्सवलाई सम्पन्न गर्नका लागि मानकाजी माकाजुको संयोजकत्वमा विभिन्न उपसमिती बनाइएको छ ।
१७ वटा उपसमितीहरुमा सुरक्षा व्यवस्थापन संयोजक भरत मानन्धर, खाना व्यवस्थापनमा पुष्पलक्ष्मी लाभाजु, अतिथी सत्कारमा ओमलाल बड्गामी, प्रचारप्रसारमा विकल साई संयोजक रहेका छन् । यस्तै मञ्च व्यवस्थापनमा बुद्ध गुभाजु, साउण्डमा बुद्धराज गुभाजु, स्वंमसेवक परिचालनमा रविन मानन्धर, अर्थमा विष्णुमान कायस्थ, व्यानर व्यवस्थान संयोजकमा निर्मल जोजिजु रहेका छन् । यसैगरि फोटोमा दीपक मुल्मी, साँस्कृतिकमा सुमन मर्सानी, स्वास्थ्यमा इन्द्रकमल मानन्धर, यातायातमा अनन्त कायस्थ संयोजक रहेका छन् । यसैगरि छपाइ व्यवस्थापनमा असिम पालिखे, सजावटमा निश्चल श्रेष्ठ, स्टल व्यवस्थापनमा रोशन महर्जन र मायाको चिनो तथा प्रमाणपत्र व्यवस्थापनमा कृष्ण मानन्धर संयोजक रहेका छन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो