हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी सार्ने विषय कसैले सोचे वा सार्न खोजे उसलाई पाप लाग्ने बताएका छन् ।
केही दिनअघि काठमाडाैंमा सम्पादकहरुसँगको छलफलमा राजधानी सिंहदरबारको छायाभन्दा पर नुवाकोट वा रामेछाप राखे फरक नपर्ने अभिव्यक्ति दिएपछि आलोचना खेपिरहेका मुख्यमन्त्री पौडेलले आफू प्रदेशको जिम्मेवारीमा रहेसम्म कसैले राजधानी सार्ने कुरा सोचे पाप लाग्ने बताए ।
संविधानको बिरुद्धमा आफूले बोल्न नहुने बताएका उनले पूर्वाधारको व्यवस्थापन रहेको हेटौंडाबाहेक अन्यत्र राजधानीको सम्भावना नरहेको बताए ।
जिल्ला समन्वय समिति मकवानपुरको चौंथो जिल्ला सभालाई सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले भने, ‘यो प्रदेशको मुख्मन्त्री भएको समयमा मेरो घरको आँगनमा भएको राजधानी बाहिर कसैले लैजाने कुरा सोचे मात्र पाप लाग्छ ।’ मुख्यमन्त्री पाैडेलले यो कुराको कल्पनासमेत नगर्न सुझाव दिए ।
उनले संविधानतः प्रदेश सभाका सदस्यले टुङग्याउने बिषय भए पनि अहिले गणितीय हिसाबमा ७४ जना पुर्याउन सक्ने अवस्थामा नभएको भन्दै सबै प्रदेशसभा सदस्यलाई आफ्नो पक्षमा राख्न सबैको भूमिका आवश्यक रहेको बताए ।
सम्बन्धित खबर
भोटेकोशी बाढीपीडितका लागि बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको तलब सहयोग
ब्रेक फेल भएको बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु
हेटौँडामा जमिनमुनि भासिएर बेपत्ता गाडी अझै भेटिएन
दुई किशोर घरमै डाकेर पत्नीमाथि सामूहिक बलात्कार, पति पक्राउ
हेटौँडा-काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
झण्डै साढे ११ करोडको ८ किलो बढी सुनसहित हेटौँडाबाट २ जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा