मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिक्षेत्रमा आजदेखि सुरु भएको यार्तुङ महोत्सवमा फुटबल खेल सुरु भएको छ । पहिलो दिन प्रिक्वार्टरफाइनल खेल सम्पन्न भएका छन् । ठिनी, मिलन युथ, जनहित, थोरङपास, निलगिरी, छुक्साङ क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरी सेभेन ए साइड फुटबलको उद्घाटन गरेका थिए । उद्घाटन खेलमा आयोजक जनप्रिय युथ क्लब पुराङ जोमसोमको जनहित क्लबसँग टाइब्रेकरमा पराजित भयो । गोलरहित खेल भएपछि पेनाल्टी सुटआउटमा खेल धकेलिएको थियो ।

दोस्रो खेलमा मिलन युथ क्लब कागवेनीले जोमसोम क्लबलाई २–१ गोलले पराजित गरेको छ । यस्तै, थोरङपास युथ क्लबले चाप्केपा युथ क्लबलाई एकतर्फी तीन गोलका साथ सहज जित हात पार्यो । चौथो खेलमा निलगिरी युथ क्लब टुकुचेले कागछोदे युथ क्लब कागबेनीलाई पेनाल्टी सुटआउटमा परािजत गर्यो । पाँचौ खेलमा छुक्साङ नर्सिङले मुस्ताङ बोन एक्शनलाई १–० गोलको झिनो अन्तरले पराजित ग¥यो । अन्तिम प्रिक्वार्टर फाइनलमा जनमुक्ति युथ क्लब ठिनीले मुस्ताङ गेटवेलाई २–१ गोलले पराजित ग¥यो ।

मुक्तिनाथ सहित यहाँका १९ वटा गाउँका स्थानीयले प्राचीन कालदेखि बर्खा सकिएको खुसीयालीमा रमाउँदै यार्तुङ महोत्सव गर्दै आएकोमा स्थानीय सरकार बनेसँगै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनप्रिय युवा क्लबको साथमा महोत्सव आयोजना गरेको हो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन रहेको छ । अनलाइन मिडिया पार्टनरमा गण्डकन्यूज डटकम रहेको छ ।
बर्खा याम सकिएको खुयालीमा यार्तुङ मनाइए पनि सामान्यतः यस क्षेत्रमा पानी कम पर्दछ । चार दिनसम्म चल्ने महोत्सवमा याकमा सवार, ऐतिहासिक घोडा दौड, परम्परागत ताराखेल लगायतका कार्यक्रम हुनेछन् । महोत्सवमा गाउँपालिका भित्रका १९ वटा गाउँको परम्परागत वेषभूषा प्रदर्शनका साथै त्यहाँका विविध संस्कृति देखाइने जनाइएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’