गण्डक न्युज पोखरा, २२ मंसिर। कास्कीमा जारी मतगणना अनुसार कास्की क्षेत्र नं. १ पुर्व मन्त्री खगराज अधिकारीले सुरुदेखि नै अग्रता लिईरहेका छन् ।
प्रारम्भिक मतगणनामा कानुन मन्त्री यज्ञबहादुर थापा, अधिकारी भन्दा ८ सय १७ मतान्तरले पछि परेका छन् । अधिकारीले १ हजार ४ सय ३४ मत पाउँदा थापाले ६ सय १७ मत पाएका छन् ।
कास्कीमा निर्वाचन क्षेत्र नं १ मा वामगठवन्धनको तर्फवाट पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेकपा एमालेका खगराज अधिकारी र नेपाली काँग्रेसका तर्फवाट कानुन तथा न्यायमन्त्री यज्ञवहादुर थापा प्रतिष्पर्धामा छन् ।
त्यसैगरी, एकिकृत राप्रपा राष्ट्रवादीवाट सञ्जय कार्की, संघीय समाजवादी फोरमवाट मनवहादुर गुरुङ,राष्ट्रिय जनमोर्चावाट मदनमुरारी घिमिरे, नयाँ शक्तिपार्टीवाट सौगात पोखरेल,नेपाली काँग्रेस (विपी) चन्द्र वहादुर रानाभाट, देशभक्त जनगणतान्त्रिक मोर्चावाट टेकवहादुर गुरुङ , विवेकसिल साझाका दिपक पौडेल, मंगोल नेशनल अर्गनाईजेशनवाट रियाल गुरुङ, आमुल परिर्वतन मसिया पार्टीबाट पदमवहादुर गुरुङ, नेपाल दलित पार्टीबाट राजु परिवार तथा स्वतन्त्र ज्ञानेन्द्र बहादुर कार्की उम्मेदवार छन् ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै