काठमाडौं– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेल पनि न्यायका लागि प्रक्रिया सुरु गरेकी छिन् । उनी अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन पुगेकी छिन् ।
प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक समेत रहेका प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन गएकी छिन् । प्रहरीसँग भएको भिडियो बाहिर पुग्नुमा एसपी मल्लको कमजोरी रहेको निकिताको ठहर छ । यस्तै, लामोसमयदेखि विवादमा रहँदै आएका पत्रकार श्रेष्ठले पहिलो न्यूज प्रकाशित गरेका थिए भने नेपाल आजले भिडियो सार्वजनिक गरेको थियो ।
मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गर्न लागेको निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईको भनाई छ ।
कार्यालय प्रमुख र उपप्रमुख नरहेको भन्दै जाहेरी दर्ता हुन सकेन
यद्यपि, कार्यालय प्रमुख र उपप्रमुख नरहेको भन्दै उनको उजुरी भने अझै दर्ता हुन सकेको छैन । निकिता कार्यालय प्रमुख र उपप्रमुख कुरिरहेकी छिन् । प्रहरी विरुद्ध नै जाहेरी दर्ता हुन लागेको सुईंको पाएको प्रहरीले जाहेरी दर्ता गर्ला त ? भन्ने आशंका निकिता समर्थकले गरेका छन् । अहिले निकिता सञ्चारकर्मीमाझ घेरिएकी छिन् ।
साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु