फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल

दुर्घटना

फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल

bijaypur khola

पोखराको विजयपुर खोलाले बगाउँदा शनिबार दिउँसो २ जना किशाेर बेपत्ता भएका छन् ।

स्याङ्जाको बिरुवा गाउँपालिका घर भई अहिले पोखरा महानगरपालिका–१४ छिन्नेडाँडा बस्ने १४ वर्षीय निकसन गुरुङ र खोटाङ घर भई चाउँथे बस्ने १५ वर्षीय ओमन राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । एक जना भने अड्किएर बाँच्न सफल भएका छन् ।

पोखरा–१४ विजय बस्तीबाट खोला तरेर पोखरा–२६ सक्नेरीतर्फ फुटबल खेल्न जाने क्रममा उनीहरूलाई विजयपुर खोलाले बगाएको हो ।

कास्की प्रहरीका अनुसार निरन्तरको वर्षाका कारण खोलाको बहाव बढेकाले किशाेरहरूलाई बगाएको र गहिरो खोँचका कारण तत्काल उद्धार सम्भव हुन सकेको छैन ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन भई बेपत्ता किशाेरहरूको खोजी गर्दा पनि भेटिएनन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ