गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा

गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा

uml 4 minister

गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीहरुले राजीनामा दिएका छन् । बुधबार बिहान बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरुले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका हुन् ।

सरकारमा एमालेबाट ४ जना मन्त्री सहभागी थिए । एमालेबाट सरकारको नेतृत्व गरेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, कृषि तथा सहकारी मन्त्री भीम कार्की र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे रहेका थिए ।

केन्द्रमा नेकपा एमाले र अर्को कम्युनिस्ट पार्टीबीच नयाँ सहकार्य सुरु भएपछि गण्डकीमा पनि एमाले सरकारबाट बाहिरिएको हो ।

यसअघि मंगलबार बसेको एमाले संसदीय बोर्डको बैठकले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मुख्यमन्त्री पाण्डेले गत २ वैशाखमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै उनीहरुलाई नियुक्त गरेका थिए ।

एमाले सरकारबाट बाहिरिए पनि राप्रपा र नयाँ शक्ति पार्टीको समर्थन भने मुख्यमन्त्री पाण्डेलाई कायमै छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ