बुधबार बिहान तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीले रसुवाको टिमुरे बजारदेखि नुवाकोट, त्रिशुली बजार हुँदै धादिङमा नदी किनार क्षेत्रको कुनै पनि संरचना बाँकी राखेन ।
बुधबार बिहान पौने ९ बजेबाट नेपाल क्षेत्रमा बाढी आएको हो । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार बाढीले रसुवाका विभिन्न बजार र बस्तीसहित नुवाकोटका पनि विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंले तुप्चे, ढुंगे, देवीघाट लगायतको क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको जानकारी दिए ।
‘बस्ती पूरै बगाएको छ, बैंक, पुल, बजार, बस्ती सबैमा क्षति पुगेको छ,’ उनले भने, ‘इतिहासमै यति धेरै क्षति भएको थिएन । क्षतिको विवरण तत्काल आउँदैन, तर यति भन्छु यो इतिहासकै सबैभन्दा ठूलो क्षति हो ।’
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर केहीलाई उद्धार गरिएको उनले बताए । उनले भने, ‘अझै धेरै जना बेपत्ता हुनुहुन्छ, उहाँहरूको खोजी भइरहेको छ ।’
धादिङ जिल्ला सदरमुकाम धादिङबेँसी जाने मलेखु-फुर्केखोला सडकखण्डमा रहेको पुल बाढीले बगाएको छ। बाढीले पुल बगाएपछि उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ।
पुल बगेसँगै फुर्केखोला आसपासका बासिन्दालाई जिल्ला सदरमुकाम आवतजावत गर्न समस्या भएको छ।
सम्बन्धित खबर
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
एमाले अध्यक्ष ओलीले नरूचाएको प्रतिवेदनको पूर्णपाठ बाहिरियो (पूर्णपाठसहित)
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते