पोखरा । अष्ट्रेलिया अध्ययनका लागि परामर्श दिंदै आइरहेको नेप्कम्स सर्भिसेज पोखराको आयोजनामा भदौ १५ गते आइतबार ‘अष्ट्रेलिया एजुकेसन फेयर २०१९’ हुने भएको छ ।
सिद्धार्थचोक स्थित आफ्नै सभाहलमा हुने उक्त फेयरमा अष्ट्रेलियाको विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरु सहभागी हुने जनाइएका छ । विद्यार्थीले प्रत्यक्ष रुपमा भेटी आफ्नो जिज्ञासा उनीहरु मार्फत मेट्नुका साथै अष्ट्रेलियन शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने नेप्कम्स सर्भिसेज पोखराका म्यानेजर सन्तोष शाहीले जानकारी दिए ।
‘सहभागी विद्यार्थीको एकेडेमिक र आइएलटिएस सर्टिफिकेटको आधारमा ‘अन द स्पट’ नै एसेस्मेण्ट गर्नेछौं । शैक्षिकस्तर राम्रो भएका विद्यार्थीको लागि कलेजले स्कलरसिप पनि दिनेछ । ति कलेज तथा विश्वविद्यालयमा लाग्ने एप्लिकेसन चार्ज डिस्काउण्ट गर्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस गर्न चाहेमा हामीले यसमा डिस्काउण्ट अफरको पनि व्यवस्था गरेका छौं ।’ शाहीले भने– ‘प्लस टु, व्याचलर तथा मास्टर पास गरेका शैक्षिक तथा आर्थिकस्तर राम्रो भएका विद्यार्थीहरु एजुकेशन फेयरमा मा भाग लिन सक्नेछन् । विशेष गरी अष्टे«लिया जान चाहने विद्यार्थी यसमा सहभागी भई कलेज, विश्वविद्यालयकको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ्ग र अष्ट्रेलिया पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जव आदी सम्बन्धी जानकारी लिन सक्नेछन् ।’
युनिस्टार एजुकेशन नेप्कम्स् सर्भिसेजको पोखराको लागि आधिकारीक कार्यालय हो । युनिस्टारले आइएलटिएस तयारी कक्षाका साथै अष्ट्रेलिया लगायत अमेरिका, न्यूजिल्याण्ड, यूके जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने गर्दछ । युनिष्टारका मेनिजङ डाइरेक्टर समेत रहेका शाहीले भने – ‘हामीले सर्टिफाइड काउन्सिलरबाट काउन्सिलिङ गर्दै आइरहेका छौं । अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटिको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि हौं । अष्ट्रेलियामा मुख्य कार्यलय रहेको नेप्कम्स् सर्भिसेजको पोखरा, वुटवल, काठमाडौंमा शाखा कार्यालयहरु रहेको छ । विद्यार्थीहरुलाई नेपालमा मात्र नभई अष्ट्रेलियामा गएपछि आउने विभिन्न समस्या समाधानको लागि पनि हामी सहयोग गर्छौ । अध्ययन पश्चात् पिआरको लागि पनि नेप्कम्स् सर्भिसेज अष्ट्रेलियाले सहयोग गर्नेछ ।’
नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त नेप्कम्स् क्युइएसी सर्टिफाइड र अष्ट्रेलियन माइगे्रसन एजेण्टहरुद्धारा सञ्चालित एजुकेशन तथा माइग्रेसन सम्बन्धी परामर्श दिने संस्था हो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो