पोखरा । गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले रवीन्द्र अधिकारी प्रतिष्ठानलाई जग्गा र पैसा नदिन माग गरेका छन् । प्रदेश सभामा बुधबार विशेष समय लिएर बोल्दै उनले प्रतिष्ठानलाई भवन बनाउन जग्गा र संघ, प्रदेश र स्थानीय तहले पैसा दिन लागेको भन्दै आपत्ति जनाएका हुन् ।
उनका अनुसार पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित वागबानी तथा कृषि अनुसन्धान केन्द्रको २ रोपनी जग्गा प्रतिष्ठानको नाममा ल्याउने प्रक्रिया शुरु भएको छ । सो प्रक्रिया तत्काल रोक्न उनले माग गरे । खुलेका सबै प्रतिष्ठानलाई राज्यले जग्गा दिन सक्छ भने त्यसमा आफ्नो आपत्ति नभएको बताउँदै उनले हैन भने कसैलाई कसैलाई दिने र कसैलाई नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
सांसद थापाले रवीन्द्र स्मृति प्रतिष्ठानका लागि संघ, प्रदेश र स्थानीय तीनै सरकारले आर्थिक सहयोग गरेको भन्दै त्यसप्रतिपनि आपत्ति जनाए । संघ सरकारबाट एक करोड, प्रदेश सरकारबाट २ शीर्षकमा ६० र ५० लाख गरी १ करोड १० लाख र महानगरपालिकाबाट २० लाख भन्दा बढी रकम प्रतिष्ठानलाई दिएको भन्दै यो पार्टीका मान्छेलाई पोस्ने परिपार्टी भएको टिप्पणी गर्दै यस्ता कार्य बन्द गरिनुपर्ने बताए ।
सांसद थापाले फेवातालमा रहेको तालबाराही मन्दिरको गुठी जग्गा निजी कम्पनीलाई भाडामा लगाउन लागिएको भन्दै सो कार्य रोक्न माग गरे ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु