तनहुँको उकालो गईरहेको बस अचानक ब्याक हुँदा पैदलयात्रीलाई ठक्कर दिएको छ । व्यास नगरपालिका १३ ढाड स्थित भित्री सडक खण्डमा दमौलीबाट छाब्दीतर्फ जाँदै गरेको ग १ ख २७०३ नम्बरको बस उकालो बाटोमा अचानक ब्याक भई पैदलयात्री व्यास नगरपालिका १३ बस्ने वर्ष ४० कि गोमा पन्तलाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको छ ।
संगै रहेकी ५० वर्षकि सावित्री अधिकारी घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको छ । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।
बागलुङ: शव फेला
बागलुङको गलकोट नगरपालिका(९ बासखोला स्थित रहेको नाईरेखोलाको छेउ भिरमुनी तिन दिन देखि सम्पर्कमा नरहेका गलकोट नगरपालिका(०३ हटिया घर भएका वर्ष ७० का रत्न बहादुर भण्डारी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
स्याङ्जा: ग्याँस लिक भई आगलागि हुँदा एक घाईते
विरूवा गाउँपालिका(२ तुल्सिचौर बस्ने ८२ वर्षकी वसन्ति गुरुङको घरमा रहेको ग्याँस लिक भई अचानक आगलागी हुँदा गुरुङ घाईते भएकी छिन् । गुरुङलाई उपचारको लागि पोखरा पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान