तनहुँ । व्यास नगरपालिका वडा नं.६ का वडाध्यक्ष सुर्यभक्त भण्डारी प्रहरीको हिरासतमा गएका छन् । भण्डारी विरुद्व आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा एक महिलालाई अभद्र ब्यवहार गरेको भन्दै जाहेरी दर्ता भएको थियो । वडा अध्यक्ष भण्डारी प्रहरीको सम्पर्कमा आफै गएका थिए । भण्डारीलाई ५ दिनको म्याद थप भइ अनुन्धान अगाडी बढेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
एक वर्ष भन्दा कम जेल सजाय हुने प्रकृतिको मुद्दा भएकाले जिल्ला प्रहरी कार्यालय तनहुँले मुद्दा दर्ताका लागि जिल्ला प्रशासन कार्यालयमा लगेको थियो । जिल्ला प्रशासन कार्यालयले भण्डारीलाई ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताए ।
अनुन्धान गर्न र प्रमाण संकलन भएपछि धौरीटमा छोड्ने वा कारागार चलान हुने भन्ने निर्णय हुने प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए । गण्डक न्युजको कुराकानीमा प्रमुख जिल्ला अधिकारी पण्डितले अध्यक्ष भण्डारीलाई पाच दिनको म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न समय दिएको बताए ।
वडाध्यक्ष भण्डारीले सोही वडाकी २१ बर्षीय युवतीलाई फोन मार्फत यौनजन्य गतिबिधीका कुरा गर्दै आएको पिडीतको अरोप छ ।
पिडिीतले भनिन् ‘म तिमीलाई माया गर्छु,तिमी र म पोखरा घुम्न जाऊ,तिमीलाई आर्थिक सहयोग गर्छु,कसैलाई यी कुरा नगर्नु लगायतका यौन जन्य कुरा गरेको आरोप युवतीले लगाएकी छन् । व्यास नगरपालिकाका– ६ का वडाध्यक्ष भण्डारी नेपाली काँग्रेस पुराना नेताका रुपमा मानिन्छन् ।
यता आरोपित वडा अध्यक्ष भण्डारीले आफुले कसैलाई पैसा दिन्छु खुट्टा ढोक्छु भन्ने कुरा नभनेको दाबी गरेका छन् ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन