पोखरा, मंसिर २३ । कास्की जिल्लाबाट पहिलो प्रदेशसभा सदस्य बन्न सफल भएका छन् काँग्रेसका बिन्दुकुमार थापा । कास्कीका नौ मध्ये आठ क्षेत्रमा बाम गठबन्धनले अग्रता लिईरहँदा थापाले मतगणनाको सात घण्टापछिबाट अग्रता लिएका थिए र अन्ततः जिल्लाबाट पहिलो जननिर्वाचित प्रतिनिधि बन्न सफल भएका हुन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा काँग्रेस उम्मेदवार थापा बिजयी भए । बिजयी थापाले थापाले १० हजार ७ सय २६ मत पाएका छन् । उनका निकटतम प्रतिश्पर्धी राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत पाएका छन् ।

थापाको विरुद्धका काँग्रेसकै महाधिबेशन प्रतिनिधी नरेशशंकर पालिखे वागी उठेका थिए । पालिखेको १ हजार २ सय ९२ मत पाए । निर्वाचन अधिकृतको कार्यालय २ ले बिजयी भएको घोषणा गरेको हो ।

चुनाव जितेपछि थापाले संविधान कार्यान्वयनमा सरकारलाई सघाउने प्रतिबद्धता जनाए । उनले ४ नम्बर प्रदेश र पोखराको गुरुयोजना तयार गरेर विकासका काम थालनी गर्ने बताएका छन् । ‘प्रदेश र आफ्नो निर्वाचन क्षेत्रका लागि मतादातासँग गरेका प्रतिबद्धता पूरा गर्ने मेरो पहिलो काम हो, उनले भने–यसका लागि विज्ञको सहयोगमा गुरुयोजना तयार गर्छु र कार्यान्वयनको चरणमा प्रबेश गर्नेछु ।’

बिजयी भएपछि पोखरामा काँग्रेसको बिजय र्याली निस्किएको छ । अन्य निर्वाचन क्षेत्रमा भने मतगणना भैरहेको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो