कास्कीबाट पहिलो प्रदेशसभा सदस्य काँग्रेसका बिन्दुकुमार थापा (फोटो फिचर)

कास्कीबाट पहिलो प्रदेशसभा सदस्य काँग्रेसका बिन्दुकुमार थापा (फोटो फिचर)

Bindu Thapa Winner

पोखरा, मंसिर २३ । कास्की जिल्लाबाट पहिलो प्रदेशसभा सदस्य बन्न सफल भएका छन् काँग्रेसका बिन्दुकुमार थापा । कास्कीका नौ मध्ये आठ क्षेत्रमा बाम गठबन्धनले अग्रता लिईरहँदा थापाले मतगणनाको सात घण्टापछिबाट अग्रता लिएका थिए र अन्ततः जिल्लाबाट पहिलो जननिर्वाचित प्रतिनिधि बन्न सफल भएका हुन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा काँग्रेस उम्मेदवार थापा बिजयी भए । बिजयी थापाले थापाले १० हजार ७ सय २६ मत पाएका छन् । उनका निकटतम प्रतिश्पर्धी राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत पाएका छन् ।

थापाको विरुद्धका काँग्रेसकै महाधिबेशन प्रतिनिधी नरेशशंकर पालिखे वागी उठेका थिए । पालिखेको १ हजार २ सय ९२ मत पाए । निर्वाचन अधिकृतको कार्यालय २ ले बिजयी भएको घोषणा गरेको हो ।

चुनाव जितेपछि थापाले संविधान कार्यान्वयनमा सरकारलाई सघाउने प्रतिबद्धता जनाए । उनले ४ नम्बर प्रदेश र पोखराको गुरुयोजना तयार गरेर विकासका काम थालनी गर्ने बताएका छन् । ‘प्रदेश र आफ्नो निर्वाचन क्षेत्रका लागि मतादातासँग गरेका प्रतिबद्धता पूरा गर्ने मेरो पहिलो काम हो, उनले भने–यसका लागि विज्ञको सहयोगमा गुरुयोजना तयार गर्छु र कार्यान्वयनको चरणमा प्रबेश गर्नेछु ।’

बिजयी भएपछि पोखरामा काँग्रेसको बिजय र्याली निस्किएको छ । अन्य निर्वाचन क्षेत्रमा भने मतगणना भैरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds