विभिन्न बैंकको एटिएमबाट ह्याकरले पैसा निकालेको समाचार बाहिर आएपछि आतंकित बनेका सर्वसाधारणलाई नेपाल राष्ट्र बैंकले नआत्तिन आग्रह गरेको छ । राष्ट्र बैंकले कुनै पनि खाताबाट रकम नझिएिको बताउँदै सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले केही बैंकको एटिएम सिस्टममा समस्या आएको जानकारी दिँदै एटिएमबाट पैसा निकाल्न नमिलेको बताए । उनले भने, ‘कुनै पनि बैंकको व्यक्तिगत खाताबाट गैह्रकानुनी रुपमा पैसा निकालिएको छैन ।’
ह्याकरले एटिएमको पैसा झिके पनि व्यक्तिगत खाताबाट भने पैसा ननिकालिएको उनले दावी गरे । एक दर्जनभन्दा बढी बैंकको एटिएम मेसिन नचलेपछि नेपाल राष्ट्र बैंक र नेपाल इलेक्ट्रोनिक पेमेन्स सिस्टम (नेप्स) लिमिटेड बीच समस्याबारे छलफल भइरहेको छ । सिस्टममा समस्या हुनुको आधिकारीक जानकारी नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सुरक्षा निकायले भने सिस्टम ह्याक गरेका कारण एटिएम मेसिन नचलेको दाबी गरेका छन् । प्रहरी उच्च स्रोतका अनुसार शनिबार राति एटिएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका चिनियाँ नगरिकको समूहकै कारण सिस्टममा समस्या आएको हो । यद्यपी, यसको आधिकारी पुष्टि भने भएको छैन ।
यसअघि प्रहरीले एटिएम ह्याक गरी पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्ने उनीहरूलाई दरबारमार्गस्थित एक होटलबाट पक्राउ गरेको हो ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण