तनहुँ । पोखराका पत्रकार ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासङ्घ तनहुँले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सर्वोच्च अदालत परिसरबाटै मङ्गलबार पुनः पक्राउ परेका हमालको रिहाई माग गर्दै शाखाले निमित्त प्रमुख जिल्ला अधिकारी रामप्रसाद ढकाल मार्फत् बुधबार सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको आह्वान अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत् ज्ञापनपत्र बुझाउँदै हमालको रिहाइको माग गरिएको शाखा अध्यक्ष ओमकार आचार्यले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको पक्राउ पुर्जा देखाएर सर्वोच्च अदालतको गेट अगाडिबाट अमानवीय ढङ्गले प्रहरीले हमाललाई पक्राउ गरेको घटनाप्रति शाखाको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा जनाइएको छ ।
पत्रकारिता जगतमा लामो समयदेखि निरन्तर भ्रष्टाचार, अन्याय र बेथितीका विरुद्ध कलम चलाउँदै आएका पत्रकार हमालको निशर्त र यथाशीघ्र रिहाईको माग गर्दै ज्ञापनपत्रमा प्रहरीको गैरकानुनी पक्राउ आतङ्क बन्द गरी कानुनी राज्य, सर्वोच्च अदालतको आदेशको सम्मान गर्न तथा प्रेस स्वतन्त्रता र मानव अधिकारको रक्षा गर्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै ढकालले ज्ञापनपत्र सम्बन्धित ठाउँमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्