स्याङ्जा । स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ् नगरपालिका-३ मा रहेको बुटवल पावर कम्पनी नजिकैबाट करिब ४ सय मिटर तल खसेको थियो ।
क्षमता भन्दा बढी मान्छे राख्दा जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए। दुर्घटनामा जीपमा सवार दुई महिला र एक बालकको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय स्याङ्जाले जानकारी दिएको छ । मृत्यु हुनेमा वालिङकी मन्जु भण्डारी गैरे, पाल्पाकी फनीमाया नेपाली र वालिङका दुई वर्षीय बालक प्रशन्न दर्जी रहेका छन् ।
बालकको स्याङ्जाकै गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको र दुई जना महिलाको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकाको मिशन अस्पताल पाल्पामा उपचार भइरहेको छ । जीपमा २८ जना सवार रहेको बताइएको छ । दुर्घटनामा पर्नेहरुमा तीज मनाएर घर फर्कदै गरेका महिला धेरै छन् ।
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग