तनहुँ । मुलुक समृद्ध बन्न निजि क्षेत्र संलग्न हुनुपर्ने गण्डकी प्रदेशका आर्थिक मामिला तथा याेजनामन्त्री किरण गुरुङले बताए । मंगलबार दमौलीमा समाधान अस्पतालको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । ‘समृद्ध नेपाल निर्माण गर्न सरकारले आधार तयार गर्ने हो’ मन्त्रि गुरुङले भने ‘ बोलेर, भाषण गरेर मात्रै हुदैन काम गर्नुपर्छ ।’
अरु संग मागेर समृद्धि आउदैन त्यसैले सकारात्मक सोचका साथ काम गर्नु पर्ने मन्त्रि गुरुङले बताए । ‘व्यापार र उत्पादन निजि क्षेत्रले गर्नुपर्छ सरकारले होइन’ मन्त्रि गुरुङले भने ‘सरकारले सबैलाई नियमन गर्ने हो ।’
आर्थिक उत्पादनमा सरकार र अर्का कै मुख ताक्ने काम गर्यौ भने समृद्धि हासिल गर्न सक्दैनौ मन्त्रि गुरुङले भने । युवाहरु निजि क्षेत्रबाट व्यवसायमा आउनुपर्ने मन्त्रि गुरुङले बताए ।

समाधान अस्पतालका अध्यक्ष समिम खानको अध्यक्षता उक्त भएको थियो । अस्पतालको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष खानले भने, ‘ साधारण उपचार गर्दा लाग्ने खर्च घटाउन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको उद्देश्य रहेको छ ।’ त्यस्तै निकट समय मै गाउँ गाउँआ निशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्ने खानले बताए । अहिले अस्पतालमा ३ जना डाक्टर र ८ जना नर्स कार्यरत छन ।

कार्यक्रममा प्रतिनिधि सभाकी सांसद एवं अस्पतालकी सल्लहाकार कलिला खानले गुणस्तरीय स्वास्थ्य आजको आवश्यकता भएको हुँदा निजि क्षेत्रबाट युवाहरुले गरेको प्रयास एकदम राम्रो भएको बताइन ।
साथै अस्पतालले गुणस्तरीय र सुलभ उपचार सेवा दिनेमा समेत विश्वस्त रहेको उनले बताइन । त्यस्तै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले युवाको स्वास्थ्य क्षेत्र प्रतिको यो कार्य उत्कृष्ट लागेको बताए । अझै धेरै युवाहरु व्यवसायमा आउनुपर्ने वाग्ले बताउछन ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन