गण्डक न्युज पोखरा, २५ मंसिर / राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, नेपालको अध्यक्षमा सामाजिक अभियन्ता रामबहादुर पौडेल चयन भएका छन् ।
संस्थाको आइतबार सम्पन्न २२ औं वार्षिक साधारण सभा तथा ११ औं सम्मेलनले पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नागरिक समाज पोखराका संयोजक पौडेल पोखरा उपत्यका बृहत सफाइ अभियानका संयोजक समेत हुन् ।
कार्यसमिति उपाध्यक्षमा पार्वती पोखरेल र विष्णुहरि अधिकारी, महासचिवमा सुनिल पाण्डे, सचिवमा बसुन्धरा ढकाल, कोषाध्यक्षमा निर्मला कोइराला चयन भए । सदस्यमा ठाकुरप्रसाद बराल, हनिफ मियाँ, पवित्रा जिसी, कौशिला गुरुङ, कमलप्रसाद न्यौपाने, विन्ध्येश्वरी बराल र रामविक्रम अधिकारी छन् । रिक्त २ सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्नेछ । कार्यसमिति २ वर्षको हुनेछ ।
यसैबीच, ७० औं अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मानवअधिकारकर्मी खगराज आचार्यलाई राष्ट्रिय सम्पदा मानवअधिकार पुरस्कारबाट सम्मानित गरियो । प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका नि. प्रमुख नीतु गर्तौलाले आचार्यलाई १० हजार नगदसहित ताम्रपत्र हस्तान्तरण गरेकी थिइन् ।

प्रमुख अतिथि गर्तौलाले घरघरमा मानव अधिकारको प्रत्याभूति हुनुपर्नेमा जोड दिँदै शान्ति र विकासको आधार नै मानवअधिकार भएको बताईन् । उनले राज्यमा सुशासन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै अब यस्तो अवस्था हट्नुपर्ने विश्वास व्यक्त गरिन् । कल्याणकारी नीति, भ्रष्टाचारको अन्त्य, आफ्नो अधिकार प्रयोग गर्न पाउने वातावरण हुनुपर्नेमा जोड दिँदै उनले राज्यले मानव अधिकारको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिईन् ।
संस्थाका अध्यक्ष शशी तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गर्तौला, पोखरा लेखनाथ महानगरपालिका कार्यालयका सहायक कार्यकारी अधिकृत यामलाल अधिकारी, प्रतिभा छनोट समितिका संयोजक वरिष्ठ अधिवक्ता तिलक पराजुली, वरिष्ठ अधिवक्ता तिलक आचार्य, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, संस्थाका उपाध्यक्ष रामबहादुर पौडेल, छनोट समितिका सदस्य सुनिल पाण्डे, सामाजिक अभियन्ता शिवमाया श्रेष्ठ, संस्थाका महासचिव विष्णुहरि अधिकारी लगायत बोलेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ