गैँडाकोटमा एक्ली बृद्धाको हत्या गरी लुटपाट, तीन छोरा जापान र अष्ट्रेलिया

गैँडाकोटमा एक्ली बृद्धाको हत्या गरी लुटपाट, तीन छोरा जापान र अष्ट्रेलिया

Hatyaa

सांकेतिक तस्विर

कमला राना । नवलपुरको गैँडाकोट नगरपालिकामा एक बृद्धाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार स्थानीय मनकामना टोल निवासी बृद्धा भुमा देवी खत्रीको हत्या भएको हो ।

घरमा एक्लै बस्दै आएकी खत्रीको गरगहना लुटिएको छ । खड्काको कान, टाउको र अनुहारमा चोट लागेको छ । धारिलो हतियार प्रहार नगरेको भएपनि उनलाई गहना लुट्ने क्रममा कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । उनको तीन छोरा जापान र अष्ट्रेलियामा बस्दै आएका र उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।

घटनामा संलग्न रहेको आशंकामा खोटाङ खिचापोखरी घर भई हाल गैडाकोट १५ बेल्डियामा बस्दै आएका ३६ बर्षीय अर्जुन खड्कालाई पक्राउ गरी अनुसन्धान जारी रहेको प्रहरीले जानकारी गराएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds