तनहुँ । सत्यवती मावि सामुदायिक विद्यालयहरु मध्ये पुनः तनहुँको उत्कृष्ट विद्यालय भएको छ । एसईई दिने तनहुँ जिल्लाभरका सामुदायिक विद्यालय माझ गरिएको मूल्यांकनमा सत्यवती उत्कृष्ट विद्यालय भएको हो ।
४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तय गरेको उत्कृष्ट विद्यालय छनौट अंक, विधि र मापदण्डको आधारमा तनहूँ जिल्लाका उत्कृष्ट नौवटा विद्यालयलाई शिक्षा विकास तथा समन्वय इकाई तनहुँले पुरस्कृत गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा २०७५ कक्षा १० को नतिजा र नियमितताको आधारमा उत्कृष्ट ६ वटा सामुदायिक र तीन वटा विद्यालयलाई पुरस्कृत भएका छन् ।
पुरस्कृत हुनेमा सामुदायिक विद्यालयतर्फ पहिलो स्थानमा रहेको सत्यवतीले प्राप्ताङ्क ९० मा ६७ ल्याएको छ । नियमिततर्फ १० मा ९ गरि विद्यालय कुल ७६ अंक प्राप्त गरि तनहुँ जिल्लाको उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल भएको हो ।
जिल्लाकै उत्कृष्ट विद्यालय बनेपछि प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले विद्यालयलाई यो स्थानमा ल्याउन सहयोग गर्ने सबैलाई धन्यावाद दिनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य अधिकारीले विद्यालयले आफ्नो गुणस्तर कायम राखेको खुशी ब्यक्त गर्नुभएको छ ।
सबैपक्षको सहयोग र शिक्षक विद्यार्थी र अभिभावकहरुको मेहनताले विद्यालय यो स्थानमा आउन सफल भएकोले सबैलाई उनले आभार ब्यक्त गरे ।
त्यस्तै शुक्लागण्डकी नगरपालिकामा रहेको पञ्चमुनिदेव माध्यमिक विद्यालयले ७४ अंक, दीपक मावि ऋषिङ पाटनले ६९, रामशाह मावि आँबुखैरेनीले ६६ र जनज्योती माविले ६५ अंक ल्याएका छन् ।
त्यस्तै निजी लगानीका संस्थागत विद्यालयतर्फ शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा रहेको ब्राइट फ्युचर अंगे्रजी स्कुलले ८६ अंक ल्याई निजि विद्यालय मध्येमा तनहुँको उत्कृष्ट बन्न सफल भएको छ ।
त्यस्तै, व्यास २ मा रहेको व्यास दिव्यज्योति आमाविले ७९ र शुक्लागण्डकी नगरपालिकामा रहेको अरनिको अंगे्रजी बोडिङ स्कुलले ७८ अंक प्राप्त गरेको छ ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’