पोखरा, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा कास्कीमा ९ हजार १३ मत बदर भएको छ । कास्कीमा प्रतिनिधिसभाको चुनावमा ५ हजार २ सय १५ र प्रदेशसभातर्फको चुनावमा ३ हजार ७ सय ९८ मत बदर भएको हो ।
कास्कीमा प्रतिनिधिसभाको चुनावमा खसेको १ लाख ८० हजार ८ सय ४६ मध्ये १ लाख ७५ हजार ६ सय ३१ मत सदर र ५ हजार २ सय १५ बदर भएको क्षेत्रीय निर्वाचन कार्यालय कास्कीले जनाएको छ । बदर मत कुल खसेको मतको २.८८ प्रतिशत हो ।
त्यस्तै, प्रदेशसभातर्फ १ लाख ८० हजार ८ सय ३ मत खसेकोमा १ लाख ७६ हजार ९ सय २३ मत सदर भएको जनाइएको छ । प्रदेशसभातर्फ ३ हजार ७ सय ९८ मत बदर भएको हो । यो खसेको मतको २।१० प्रतिशत हो ।
प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर १ मा ६९ हजार ९८ मत खसेकोमा २।३३ प्रतिशत मत बदर भएको छ । यस क्षेत्रमा ६७ हजार ४ सय ८६ मत सदर र १ हजार ६ सय १२ मत बदर भएको जनाइएको छ ।
क्षेत्र नम्बर २ मा ४९ हजार ९ सय १३ मत खसेकोमा २।९३ मत बदर भएको छ । सो क्षेत्रमा ४८ हजार ४ सय ४९ मत सदर र १ हजार ४ सय ६४ मत बदर भएको हो । क्षेत्र नम्बर ३ मा ६१ हजार ८ सय ३५ मत खसेकोमा ३।४६ प्रतिशत मत बदर भएको छ । उक्त क्षेत्रमा ५९ हजार ६ सय ९६ मत सदर र २ हजार १ सय ३९ मत बदर भएको छ ।
मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी नहुनुलाई प्रमुख कारण मानिएको छ ।

सम्बन्धित खबर
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्यो नयाँ पर्यटन अभियान
२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
फेवातालमा बेपत्ता युवकको शव फेला
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्