पोखरा । पोखरामा फुटबल मैदानसहितको प्यारापिट निर्माण गर्न निकालिएको ग्लोबल टेण्डरमा दुईदेशका ६ कम्पनीले टेण्डर खरीद गरेका छन् । चीनका चार र भारतका दुई कम्पनीले टेण्डर खरीद गरेका हुन् । खरीद गरिएको एकसाताभित्रमा टेण्डर स्वीकृत गरिने छ ।
टेण्डर स्वीकृतको एकमहिनाभित्रमा सम्झौता गरी काम अगाडि बढ्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।
“एकसाताभित्रमा टेण्डरको सबै प्रक्रिया टुगिंन्छ ।”उनले भने–“एक महिनाभित्र सम्झौता गरी काम अगाडि बढाउने छौं ।” उनका अनुसार फागुनको पहिलो सातादेखि काम शुरु हुने छ । एकसाताभित्र टेण्डर प्रक्रिया सकिएपछि भईरहेका दुई प्यारापिट भत्काउन शुरु गरिने समेत उनले सुनाए । प्यारापिट भत्काउन आवश्यक ४३ लाख बजेट समेत विनियोजन भईसकेको छ ।
आउँदो माघको दोस्रो साता मोफसलकै प्रतिष्ठित आहा गोल्डकपको १६ औं सस्करण हुदैं छ । १६ औं सस्करण अगावै दुई प्यारापित भत्किने सम्भावना बढ्दै गएको छ । “प्यारापिट भत्काउने छौं । तर मैदानलाई केही गरिदैन् ।” उनले भने–“अस्थायी प्यारापिट बनाई दर्शक राख्ने व्यवस्था मिलाउने आशा र विश्वास हामीले लिएका छौै ।”
ग्लोबल टेण्डरको लागि यही मंसिर २२ गतेसम्म म्याद थियो । म्याद रहेकै अवस्थामा दुई देशका छ कम्पनीले टेण्डर खरीद गरेका हुन । डेढवर्षपछि पोखरामा सागका केही खेल सञ्चालनको लागि पनि टेण्डर प्रक्रिया छिटो टुग्याउनुपर्ने खाँचो छ । इच्छुक कम्पनीले टेण्डर खरीद गरेपछि मात्रै फाईनल बिडिङ गरी सम्झौता गरिने उनले सुनाए ।

फुटबल मैदान र प्यारापिट “ग्याल्भनाईज्ड स्टील मोडुलर सिष्टम”को बनाइने छ । पछिल्लो समय अन्तराष्ट्रिय क्षेत्रमा प्यारापिट “स्टिल स्ट्रक्चर”मा निर्माण हुदैं आएको छ । जुन सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त हुने देखिन्छ । प्यारापिट फोल्डिङ सिष्टमको हुन्छ । माथि छत रहने छ । दर्शक क्षमता २० हजार ( १० प्रतिशत तलमाथि हुने) टेण्डरमा उल्लेख छ । प्यारापिटको आयु फलामसँग निर्भर रहने इन्जिनियरहरुको भनाई छ ।
ट्रयाक अन्तराष्ट्रिय मापदण्ड अनुसारको सिन्थेटिक बनाईने छ । एथलेटिक्स अन्तर्गतको ११० मिटरको हर्डल्स प्रतिस्पर्धा लागि ट्रयाक निर्माण गरिने टेण्डरमा उल्लेख छ । फुटबल मैदानसहित प्यारापिट बनाउन राखेपले पहिलो किस्ता स्वरुप १७ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । मैदानसहितको प्यारापिट एवं एथलेटिक्स ट्रयाकको लागि ८५ करोड बजेट लागत अनुमान गरेको छ ।
२०४० सालमा दोस्रो राष्ट्रिय खेलुद प्रतियोगिता पोखरा आयोजना हुदाँ फुटबल मैदान, दर्शक प्यारापिट, व्याडमिन्टन कर्भड हल, मार्शल आर्ट हल निर्माण गरिएको थियो । जुन भूकम्पले जीर्ण बनाईदिएको छ । बहुउद्देश्यीय कर्भड हल(निर्माणाधिन), चारवटा कोर्टसहितको व्याडमिन्टन कर्भड हल(निर्माणाधिन) भलिबल प्रशिक्षण केन्द्र, पाँच टेनिसकोर्ट, स्केट पार्क, क्रिकेट मैदान तथा आर्चरी मैदानले पोखरा रंगशालाको मुहार फेरिदैं छ ।

-धन बस्नेत
पोखरा न्युजबाट: पोखरा स्टेडियम बनाउन दुई देशका ६ कम्पनीले खरीद गरे टेण्डर
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो